सिटिजन्स बैंकको सूचना अधिकारीमा नारायण राज अधिकारी नियुक्त

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सूचना अधिकारीमा नारायण राज अधिकारी नियुक्त भएका छन् ।

वि.सं २०६४ सालमा बैंकको आरम्भ देखिनै सिटिजन्स बैंकमा आबद्ध रहेका उनले बैंकको सूचना अधिकारीको अतिरिक्त प्रवक्ता एवं प्रमुख प्रशासकीय अधिकृतको समेत भूमिका निभाउँदै आएका छन् ।

हालै सूचना अधिकारीमा नियुक्त भएका उनीसँग २० वर्षको बैंकिङ अनुभव रहेको बैंकले जनाएको छ । त्रिभुवन विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका अधिकारी शाखा सञ्चालन तथा जोखिम व्यवस्थापनमा अब्बल छन् ।

उनले बैंकको सामान्य सेवा विभाग, मानव संसाधन विभाग, र कर्पोरेट कम्युनिकेसन विभाग समेतको जिम्मेवारी वहन गर्दै आएका छन् ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग इकाईहरूबाट करिब १८ लाख ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

साइपालमा एभरेष्टको शाखा, ७५३ पालिकामै पुग्यो बैंककाे पहुँच

काठमाडौं । बझाङकाे साइपाल गाउँपालिकाका जनतालाई अब बैंकिङ काराेबार गर्न सदरमुकाम चैनपुर जानपर्ने अवस्थाकाे अन्त्य …

प्रतिकृया दिनुहॊस