News desk

तमोर मेवा जलविद्युत् आयोजना निर्माण आगामी वर्षदेखि सुरु हुने

ताप्लेजुङ । ताप्लेजुङमा १२८ मेगावाट क्षमताको तमोर मेवा जलविद्युत् आयोजना निर्माण आगामी वर्षदेखि सुरु हुने भएको छ । आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापनलगायतका तयारी पुरा भएकाले अर्को वर्षदेखि नै निर्माण सुरु गरिने स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी जनाएको छ । आयोजना निर्माणका लागि लाग्ने कुल २६ अर्ब १२ करोड लागतमध्ये कुमारी बैंक लिमिटेडले ७५ प्रतिशत ऋण उपलब्ध गराउने र बाँकी समुदायको लगानी हुने निर्माण कम्पनीका अध्यक्ष भानेन्द्रकुमार लिम्बूले जानकारी दिए । …

पुरा पढ्नुहॊस »

दैनिक ३ कराेडकाे सिमेन्ट उत्पादन गर्दै उदयपुर कारखाना

गाईघाट । डेढ वर्षदेखि सिमेन्ट उत्पादनमा फड्को मार्दै आएको सरकारी स्वामित्वकाे उदयपुर सिमेन्ट उद्योगले उत्पादन क्षमता वृद्धि गरे पनि विद्युत् आपूर्तिमा समस्या हुँदा कहिलेकाहीँ समस्या भाेग्नु परेकाे छ । एक महिनासम्म धनुषा ढल्केबर क्षेत्रबाट विद्युत् आपूर्तिमा समस्या भए पनि एक हप्तादेखि सहज विद्युत् आपूर्ति हुन थालेपछि दैनिक १८ हजार बोरा सिमेन्ट उत्पादन गर्न थालेको छ । सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर साहका अनुसार माघदेखि फागुनसम्म नियमित विद्युत् आपूर्ति नहुँदा उत्पादन …

पुरा पढ्नुहॊस »

छुरा प्रहार गरी हत्या गर्ने पक्राउ

नरुवा । होली पर्वका दिन सुनसरीको धरान उपमहानरपालिका–९ बगैँचा लाइनमा निमास तामाङको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले तामाङको छुरा प्रहार गरेर हत्या गर्ने चारलाई पक्राउ गरेर सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा धरान–९ का १८ वर्षीय सुशान्त लिम्बू, धरान ७ पानमाराका १८ वर्षीय मनिष लावती लिम्बू, १७ वर्षीय निश्चल विक र १८ वर्षीय शरण राई रहेको सुनसरीका प्रहरी …

पुरा पढ्नुहॊस »

‘राजु मास्टर’ र ‘बल्छी धुर्वे’ले छोडे मेरी बास्सै

काठमाडाैँ । नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको लोकप्रिय हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ बाट कलाकार मरिचमान श्रेष्ठ (बल्छि धुर्वे) र राजु पौडेल (राजु मास्टर) अलग भएका छन् । मरिचमान श्रेष्ठले आफ्नो फेसबुकमा स्टाटस लेख्दै मेरी बास्सैबाट अलग भएको घोषणा गरेका हुन् । स्टाटसमा मरिचमानले कार्यक्रम उत्पादक मिडिया हबसँग विविध विषयमा सहमति नभएपछि अलग हुने निर्णय गरेको बताएका छन् । मरिचमान श्रेष्ठ र राजु पौडेलले नै मेरी बास्सैको लेखन तथा निर्देशन गर्दै आएका …

पुरा पढ्नुहॊस »

जागिरको खोजीमा हुनुहुन्छ ? यहाँ छ दरखास्त आह्वान

काठमाडौं । के तपाईँ उपयुक्त जागिरको खोजीमा हुनुहुन्छ ? यदी हुनुहुन्छ भने आजको कान्तिपुरमा विभिन्न रोजगारीसम्बन्धी सूचना प्रकाशित भएका छन् । जुन तपाईँको लागि पनि उपयुक्त हुनुसक्छ । रोजगारीसम्बन्धी सूचना हेर्नुहोस्ः

पुरा पढ्नुहॊस »

आजदेखि तीन दिनसम्म वर्षा, उच्च पहाडी भागमा हिमपातको सम्भावना

काठमाडाैँ । आजदेखि बुधबारसम्म पानी पर्ने र  हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विमागले पूर्वानुमान गरेको छ । मेडिटेरानियन सीबाट नेपाल आएको जलवाष्पयुत्त हावाका कारण सोमबार पश्चिमी क्षेत्रमा, मंगलबार देशभरी र बुधबार पूर्वी क्षेत्रमा वर्षा हुने मौसमविद गंगा नगरकोटीले रातोपाटीलाई जानकारी दिइन् । आज देशको पश्चिमी भूभागमा र अन्य पहाडी भूभागहरुमा सामान्य देखि पूर्ण बदली रहि बाँकी भूभागहरुमा आंशिक बदली रहने र पश्चिमी भेगका …

पुरा पढ्नुहॊस »

हजार्डको गोलमा बेल्जियमको सहज जित

एजेन्सी । युरो कप छनोटमा बेल्जियमले साइप्रसमाथि सहज जित निकालेको छ । आईतबार राति भएको खेलमा बेल्जियमले साइप्रसलाई २–० ले हराएको हो । लण्डन क्लब चेल्सीका फरवार्ड इडेन हजार्डले बेल्जियमको जर्सीमा सयौ खेल खेले र एक गोल गर्न सफल भए । थप एक गोल मिक्की बत्सुवाईले गरे । खेलको १० औ मिनेटमा डिबक्सभित्रको कठिन कोणबाट गोल गर्दै हजार्डले बेल्जियमलाई सुरुवाती अग्रता दिलाए । बत्सुवाईले १८ औ मिनेटमा बेल्जियमको अग्रता दोब्बर …

पुरा पढ्नुहॊस »

ट्रम्पको चुनावी अभियानले रुससँग कुनै साँठगाँठ नगरेको निष्कर्ष

काठमाडौं । अमेरिकाका विशेष काउन्सिल रोबर्ट मुलरको टोलीले सन् २०१६ मा भएको राष्ट्रपति चुनावमा राष्ट्रपति डोनल्ड ट्रम्पको चुनावी अभियानले रुससँग कुनै साँठगाँठ नगरेको निष्कर्ष निकालेको छ । मुलरको टोलीले २२ महिना लगाएर गरेको अनुसन्धानमा राष्ट्रपति ट्रम्पको चुनावी अभियानले रुससँग कुनै साँठगाँठ नगरेको निष्कर्ष निकालेको हो । मुलरले तयार पारेको प्रतिवेदनको सार अमेरिकी संसद्समक्ष पुगेको छ । यसअघि मुलरले आफ्नो प्रतिवेदन अमेरिकी महान्यायाधिवक्ता विलियम बारलाई हस्तान्तरण गरेका थिए । महान्यायाधिवक्ता विलियमले …

पुरा पढ्नुहॊस »

काठमाडौँ उपत्यकामा मेट्रो रेलको अध्ययन हुँदै

काठमाडौँ । काठमाडौँ उपत्यकामा झण्डै २० किलोमिटर लम्बाइको मेट्रो रेलको अध्ययन गरिने भएको छ । मेट्रो रेलअन्तर्गत तीन खण्डमध्ये एक खण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र दुई खण्डमा पूर्वसम्भाव्यता अध्ययन गर्न लागिएको रेल विभगले जनाएको छ । आठ वर्ष पहिले नै पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भइसकेको सातदोबाटोदेखि महाराजगञ्ज खण्डमा विस्तृत अध्ययन प्रतिवेदन गर्न लागिएको विभागका प्रवक्ता अमन चित्रकारले बताए । त्यसका लागि विभागले ठेक्का आह्वान गरिसकेको छ । दश किलोमिटर लामो …

पुरा पढ्नुहॊस »

सगरमाथा आरोहण व्यवस्थित गरिने

काठमाण्डाै । सगरमाथासहितका हिमाल आरोहणमा देखिएका विकृतिलाई नियन्त्रण गर्न नियामक निकाय पर्यटन विभागले पर्वतारोहणलाई व्यवस्थित गर्ने भएको छ । साहसिक पर्यटनका रुपमा रहेको आरोहणका क्रममा सम्पर्क अधिकृत खटाएका स्थानमा नजाने तथा आरोहणमा संलग्न कम्पनीले फर्जी कागजात पेश गरेर आरोहणको प्रमाणपत्र लिनेजस्ता विकृति बढेको भन्दै विभागले आरोहणलाई मर्यादित र प्रभावकारी बनाउन लागेको हो । आरोहणका लागि वसन्त ऋतु र शरद ऋतु उपयुक्त मानिन्छ । खासगरी अहिले आरोहणको मुख्य याम भएकाले आरोहणलाई …

पुरा पढ्नुहॊस »