दसैंका लागि आइतबारदेखि सुकिला नोट साट्न पाइने

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । यसवर्षको दसैँका लागि आइतवारदेखि सफा तथा सुकिला नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैँकका अनुसार यसवर्षको दसैँका लागि असोज १३ गतेदेखि २२ गतेसम्म सफा तथा सुकिला नोट साट्न पाइने भएको हो ।

बैँकको मुद्रा व्यवस्थापन विभाग, बैँकिङ विभाग र प्रदेशस्थित कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सफा तथा सुकिला नोट साट्न पाइने बतायएको छ ।

साथै इजाजतपत्र प्राप्त बौ तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट पनि सुकिलो नोट सटही गर्ने व्यवस्था मिलाइएको राष्ट्र बैँकले जनाएको छ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मिसिका फाउन्डेसनले गर्‍यो विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी सामग्री वितरण

काठामाडौं । मिसिका फाउन्डेसनले चितवनको इच्छाकामना गाउँपालिका–६, कालीखोलास्थित देवीभन्ज्याङ राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो …

प्रतिकृया दिनुहॊस