News desk

नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंकको नयाँ शाखा रुपन्देहीको सैनामैनामा

काठमाडाैँ । नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंकले रुपन्देही जिल्लाको सैनामैना नगरपालीकाको रामापुर कोलोनीमा शाखा स्थापना गरेको छ । शाखाको उदघाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत राजन प्रसाद खनालले बैंकले दिने सेवा तथा सुविधाका विषयमा जानकारी दिएको थिए । त्यस्तै सैनामैना नगरपालीका नगर प्रमुख चित्र बहादुर कार्कीले स्थानीय जनताहरुको आवश्यकता र भावनालाई बुझेर काम गर्दै जिवनस्तर उकास्न बैंक सफल रहने विश्वास व्यक्त गर्नुभयो । बैंकले विशेष गरी ग्रामीण क्षेत्रमा छरिएर रहेको अनुत्पादक …

पुरा पढ्नुहॊस »

सिभिल बैंकको नाफा २४ करोडमा सीमित, रिजर्भमा भने उल्लेख्य सुधार

काठमाडौं । सिभिल बैंकले आर्थिक वर्ष २०७४÷७५ को ६ महिनामा करिब २३ करोड ९८ लाख रुपैंया स्वतन्त्र नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सोही समयको तुलनामा करिब १० प्रतिशत मात्र नाफा वृद्धि गरी उक्त परिमाणमा नाफा कायम गरेको हो । नियामकीय समायोजनमा ११ करोड छुट्याएको बैंकको खुद नाफा भने ३६ करोड २३ लाख कायम भएको छ । यो नाफा अनुसार बैंकको प्रतिशेयर आम्दानी ९.०१ रुपैंया हो । …

पुरा पढ्नुहॊस »

बलात्कारको अभियोगमा वडाध्यक्ष थुनामा

तनहुँ । बलात्कारको अभियोगमा तनहुँको घिरिङ गाउँपालिका–४ का वडाध्यक्ष झकबहादुर कुमाल पुर्पक्षका लागि थुनामा परेका छन् । गएको वैशाख २५ गते एक युवतीलाई जबर्जस्ती करणीपछि फरार रहेका कुमाललाई जिल्ला अदालत नवलपुरले सोमबार पुर्पक्षका लागि थुनामा पठाएको हो । कुमालले सोमबार नवलपुर प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । उनलाई सोमबार जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाको एकल इजलासले थुनामा पठाउने आदेश दिएको हो । कुमालले नवलपुरको बुङ्दीकाली गाउँपालिका–२ जङ्गलमा जबर्जस्ती करणी गरेको ती युवतीले …

पुरा पढ्नुहॊस »

स्ट्यान्डर्ड चार्टर्डको नाफा १ अर्ब नजिक, निक्षेपभन्दा कर्जा वृद्धिले सीसीडीमा चाप

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले आर्थिक वर्ष २०७४/७५ को ६ महिनामा करिब १ अर्ब स्वतन्त्र नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सोही समयको तुलनामा करिब ४ प्रतिशत मात्र नाफा वृद्धि गरी स्वतन्त्र नाफा ९९ करोड ८१ लाख कायम गरेको हो । नियामकीय समायोजनमा १४ करोड छुट्याएको बैंकको खुद नाफा भने १ अर्ब १२ करोड कायम भएको छ । यो अघिल्लो वर्षको सोही समयको तुलनामा ८ प्रतिशतले बढी …

पुरा पढ्नुहॊस »

२० अर्बको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पायो लाइसेन्स, ८ अर्बको आईपीओ एक बर्षभित्रै

काठमाडौं । २० अर्ब पुँजीको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लाइसेन्स पाएको छ । नेपाल राष्ट्र बैंकले सोमबार नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई सञ्चालन अनुमति दिएको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १०७ बमोजिम नेपाल सरकार सहित केही प्रतिष्ठित वाणिज्य बैंकहरु, बीमा कम्पनीहरु, लघुवित्त, नीजि कम्पनीहरु तथा व्यक्तिगत व्यवसायीहरुको संयुक्त लगानी र प्रयासबाट मिति २०७५ जेष्ठ २५ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई राष्ट्रियस्तरको पूर्वाधार विकास बैंकको रुपमा नेपाल …

पुरा पढ्नुहॊस »

नेपाल टेलिकमद्वारा लिखित परीक्षाको नतिजा सार्वजनिक, क–कसको निस्कियो नाम ? (नामावलीसहित)

काठमाडौं । नेपाल टेलिकमले खुलाएको विभिन्न पदको विज्ञापनमा लोकसेवा आयोगले लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । सफल उम्मेदवारलाई टेलिकमले अन्तर्वार्ताको तीन दिनअघि नै कम्पनीको केन्द्रीय कार्यालयस्थित पदपूर्ति सचिवालयमा सम्पर्क राख्न सूचित गरेको छ । अन्तर्वार्ता केन्द्रीय कार्यालय भद्रकाली प्लाजामा फागुन २१ गतेदेखि २८ गतेसम्म हुनेछ ।

पुरा पढ्नुहॊस »

यमनका युद्ध प्रभावित नागरिकका लागि लगिएको खाद्यान्न कुहिने खतरा

साना । यमनका युद्ध प्रभावित नागरिकका लागि संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले पठाएको खाद्यान्न कुहिने अवस्थामा पुगेको छ । खाद्यान्न सहयोग लक्षित समुदायमा पुर्‍याउन समस्या आएका कारण कुहिने अवस्था आएको हो । यमनका लागि राष्ट्रसंघीय विशेष दूत मार्टिन गिफ्रिथले खाद्यान्न भण्डार शिविरमा ३७ लाख नागरिकका लागि एक महिना पुग्ने खाद्यान्न रहे पनि पाँच महिनासम्म लक्षित क्षेत्रमा पठाउन नसकिएकाले कुहिने अवस्थामा पुगेको बताए । डब्लुएफपीले पठाएको खाद्यान्न यमनको पश्चिमी …

पुरा पढ्नुहॊस »

वुल्भर ह्याम्पटन र न्यूकासल युनाइटेडको बराबरी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा वुल्भर ह्याम्पटन र न्यूकासल युनाइटेडले बराबरी खेलका छन् । घरेलु मैदानमा भएको खेलमा वुल्भर ह्याम्पटनले न्यूयासल युनाइटेडसँग १–१ गोलको बराबरी खेलेर अंक बाँडेको हो । पहिलो हाफ गोलरहित भएको खेलमा ५६ औँ मिनेटमा हायडिनले न्यूकासलका लागि गोल गरे । तर खेलको इन्जुरी समयको अन्तिमतिर वुल्भरह्याम्टनका बोलीले गोल गर्दै पराजय टारेका थिए । बराबरीपछि अंक तालिकाको सातौं स्थानको वुल्भर ह्याम्पटनको २६ खेलबाट …

पुरा पढ्नुहॊस »

छुरा प्रहार गरी महिलाको हत्या

इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिका–४ माखिम टोलमा छुरा प्रहार गरी एक महिलाको हत्या गरिएको छ । डेरा गरी बस्दै आएकी ३० वर्षीया सोनिया राईको स्थानीयवासी लालबहादुर राईले सोमबार छुरा प्रहार गरी हत्या गरेका हुन् । लालबहादुरलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए । मृतक सोनिया विवाहित हुन् । उनका श्रीमान् विदेशमा छन् । हत्याबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धि चौलागाईले बताए ।

पुरा पढ्नुहॊस »

बेष्ट फाइनान्सले दियो टोखाको बाल पुस्तकालयलाई बाल साहित्यमा आधारीत पुस्तकहरु

काठमाडाैँ । काठमाडौंको कमलादीमा केन्द्रीय कार्यालय रहेको बेष्ट फाइनान्सले काठमाडौंको टोखा नगरपालिका वडा नं. ८ मा रहेको  जलपा पुस्तकालयका लागि बाल साहित्य तथा बाल कथामा आधरित विभिन्न पुस्तकहरु उपलब्ध गराएको छ । फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले जलपा पुस्तकालयका अध्यक्ष नर बहादुर वि.सी.लाई पुस्तक हस्तान्तरण गरेका हुन् । स्थानीय बाल बालिकाहरुका लागि ज्ञान बद्र्धक, बाल मनोरन्जन तथा बुद्धि विकासको उद्देश्यले स्थापित संस्थालाई टेवा पु¥याउनका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत …

पुरा पढ्नुहॊस »