News desk

चिसोले अमेरिकामा मृत्यु हुनेको संख्या २९ पुग्यो, केही हप्तापछि बाढीको सम्भावना

अमेरिका । अमेरिकामा अझै पनि हिमपात जारी छ । पोलर भोर्टेक्स (चिसो हावा) का कारण शुक्रबार पनि केही इलाकामा तापक्रममा भारी गिरावट देखियो । चिसोका कारण विभिन्न इलाकामा अहिलेसम्म २९ को मृत्यु भइसकेको छ । मौसम विभागका अनुसार यहाँ चाडै नै मौसममा निकै परिवर्तन आउने सम्भावना छ । केही हप्तापछि नै तापक्रम निकै वृद्धि हुने मौसम विभागले अनुमान गरेको छ । केही इलाकामा तापक्रम २६ डिग्रीसम्म पुग्न सक्छ । त्यसकारण …

पुरा पढ्नुहॊस »

एभरेष्ट सुगर मिलका मजदूरहरुले अनसन तोडे

महोत्तरी । उद्योग व्यवस्थापन पक्षले सहमति जनाएपछि महोत्तरीको एभरेष्ट सुगर मिलमा आमरण अनसनमा बसेका मजदूरहरुले अनसन तोडेका छन् । शनिबार उद्योगको प्रशासन कार्यालयमा बसेको मजदूर र उद्योग व्यवस्थापनपक्षसँग ६ बुँदे सहमति भएपछि १० जना मजदुरहरुले सामूहिक रुपमा अनसन तोडेका हुन् । उद्योगका कार्यकारी संचालक सुरेश सर्राफको हातबाट जुस खाएर शनिबार राति उनीहरुले अनसन तोडेका हुन् । वार्तामा सहभागी भएकार मजदूर नेता दशरथ महतोले दिएको जानकारी अनुसार आफूहरुले राखेको ६ वटै …

पुरा पढ्नुहॊस »

सुनको मूल्य तोलमा ६२ हजार ३ सय पुग्यो

काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला ६२ हजार ३ सय रुपैयाँ पुगेको छ । अघिल्लो कारोबार पनि यही मूल्यमा रहेर भएको थियो । तेजावी सुन भने प्रतितोला ६२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य प्रतितोला ७८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

पुरा पढ्नुहॊस »

चिकित्सा शिक्षा विधेयकको विरोध गर्नु औचित्यहीन : महरा

दाङ । संघीय संसदका सभामुख कृष्णबहादुर महराले चिकित्सा शिक्षा विधेयकलाई लिएर कांग्रेसलगायत पार्टीले गरिरहेको विरोध औचित्यहीन भएको बताएका छन् । सभामुखले संसदमा तटस्थ भूमिका खेल्न नसकेको आरोप प्रतिपक्ष दल कांग्रेसबाट लागिरहेका बेला महराले संसद्ले प्रक्रिया पुर्याएर विधेयक पारित गरेकाले यसलाई आन्दोलनको विषय नबनाउन आग्रह गरे । ‘चिकित्सा शिक्षा विधेयक उहाँहरुको आन्दोलन र अवरोधको विषय हैन र हुनु हुन्न,’, रिपोर्टस् क्लब, दाङले तुलसीपुरको टरिगाउँ विमानस्थलमा आइतबार बिहान गरेको पत्रकार सम्मेलनमा सभामुख …

पुरा पढ्नुहॊस »

नाफाबाट लाभांस लैजान दिएपछि एनसेलको लाभकर मुद्दा सुनुवाइले निरन्तरता पाउन थाल्यो

काठमाडौँ। दूरसञ्चार सेवा प्रदायक एनसेलको लाभकर विवादको मुद्दाको अन्तिम सुनुवाइ प्रधानन्यायाधिससहितको इजलासले आइतबार पनि निरन्तरता दिएको छ। नयाँ प्रधानन्यायाधिसका रुपमा चोलेन्द्र शम्शेर राणा आएपछि गत बिहीबारबाट मुद्दाको सुनुवाइ सुरु भएको थियो। यसअघि गत असोज १८ गतेबाट मुद्दाको अन्तिम सुनुवाइ सुरु भएको थियो। सामान्यतयाः हेर्दाहेर्दैमा राखिएको मुद्दा स्थगित नगर्ने प्रचलन भए पनि अदालत स्वयम्ले मुद्दा स्थगित गरेको थियो। राणासहित न्यायाधिसहरु मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको बृहत्त …

पुरा पढ्नुहॊस »

मालपोत कार्यालयका नासु घुससहित पक्राउ

महोत्तरी । रु १० हजार रकमसहित मालपोत कार्यालय महोत्तरीका नायबसुब्बा पक्राउ परेका छन् । शनिबार दिउँसो गौशाला नगरपालिका–१ स्थित रामनगरमा सेवाग्राहीसँग रु १० हजार लिइरहेको अवस्थामा कार्यालयका नायबसुब्बा ढकबहादुर कार्की रङ्गेहात पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले अप्ताली जग्गा नामसारीका लागि मुचुल्का तयार गरेवापत एक सेवाग्राहीसँग रु १० हजार लिएको र आयोगले पूर्वसूचनाका आधारमा उनलाई पक्राउ गरेको हो । उनलाई अख्तियारले आफ्नो नियन्त्रणमा लिई भ्रष्टाचार …

पुरा पढ्नुहॊस »

भरतपुरमा बसको ठक्करबाट वृद्ध महिलाको मृत्यु

चितवन । चितवनमा मिनीबसको ठक्करबाट आइतबार बिहान एक वृद्ध महिलाको मृत्यु भएको छ। पूर्वी चितवनको टाँडीबाट लोथरतर्फ जाँदै गरेको बा ३ ख २५६५ नम्बरको मिनीबसले बिहान ६ः१५ बजे पैदलयात्री राप्ती नगरपालिका-४, डुडुवा चोककी ७५ वर्षीया लीलामाया हुमागाईंलाई ठक्कर दिएको हो। स्थानीय रुटमा चल्ने उक्त मिनिबसको ठक्करले घटनास्थलमै मृत्यु हुमागाईंको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। ठक्कर दिने बस प्रहरी निन्त्रणमा रहेको र चालक फरार रहे पनि प्रहरीको …

पुरा पढ्नुहॊस »

प्रदेश २ मा जन्मिनेबित्तिकै डेढ लाखको बिमा, नागरिकता पाएपछि बैंकबाट झिक्न सकिने

जनकपुरधाम । प्रदेश २ सरकारले नवजात शिशुको जीवन बिमा गरिदिन थालेको छ। आठ जिल्लाका एक\एक गाउँपालिका, नगरपालिका, उप–महानगरपालिका, महानगरपालिका गरी आठ वटा स्थानीय तहको सबै वडाका हरेक शिशुलाई जन्मिनेवित्तिकै  बिमा गरिदिन थालेको हो।  तराईमा भ्रूण हत्या अन्त्य गर्न माघ १ गतेदेखि जन्मिएका शिशुको जीवन बिमा शुरु गरेको  मुख्यमन्त्रीको कार्यालयले जनाएको छ। मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले ‘बेटी बचाउ, बेटी पढाउ’ नीति तथा कार्यक्रम अन्तर्गत प्रदेश २ को आठ जिल्ला सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, …

पुरा पढ्नुहॊस »

जोगबनीबाट दिल्ली जाने सीमाञ्चल एक्सप्रेस रेल दुर्घटना, ६ जनाको मृत्यु

दिल्ली । जोगबनीबाट दिल्लीतर्फ जाँदै गएको सीमाञ्चल एक्सप्रेस रेल दुर्घटनामा परेको छ। आइतबार बिहान हाजीपुर-बछवाडा रेलखण्डको महनार र सहदोई स्टेशनको बिच भएको दुर्घटनामा परी कम्तीमा ६ जनाको ज्यान गएको छ। दर्जनौ यात्रु घाइते भएका छन्। भारतीय डिडियाका अनुसानर १२४८७ नम्बरको रेल बिहान ३ बजे दुर्घटना हुँदा ९ वटा डिब्बा लिकबाट पल्टिएका छन्। यसबाट मृत्यु हुनेको संख्या बढ्न सक्ने भारतीय अधिकारीले जनाएका छन्। भारतका पूर्व मध्‍य रेलवेका सीपीआरओ राजेश कुमारले ६ जनाको …

पुरा पढ्नुहॊस »

उपसचिवको समायोजन आजदेखि, वेबसाइटबाट समायोजनको पत्र आफैं प्रिन्ट गर्न सकिने

काठमाडौँ – सरकारले आज (आइतबार)देखि सङ्घ, प्रदेश र स्थानीय तहमा उपसचिव तहका कर्मचारीलाई समायोजन गर्ने भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार अनलाइन फाराम भरेका उपसचिव तहका कर्मचारीलाई आइतबारदेखि समायोजनको पत्र दिइने बताए। फाराम भर्दा प्रयोग गरेको इमेल र राहदानीको आधारमा मन्त्रालयको वेबसाइटबाट आफैँले नै समायोजनको पत्र प्रिन्ट गर्न सक्ने उनले बताए। अधिकारीले भने, ‘आइतबारदेखि उपसचिवले आफ्नो समायोजनको पत्र आफैं मन्त्रालयको वेबसाइटमा गएर …

पुरा पढ्नुहॊस »