कालीगण्डकी कोरिडोर चौडा बनाउन सुरु

बागलुङ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरअन्तर्गत बागलुङखण्डको सडक १० मिटर चौडा बनाउने कामको सुरुवात भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बागलुङखण्डको मालढुंगादेखि बलेवा विमानस्थलसम्मको १० किलोमिटर सडक चौडा पार्ने कार्यको शुभारम्भ गरेसँगै काम सुरु भएको हो ।

कोरिडोरको स्तरोन्नति गर्न नेपाल सरकारले २० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सो बजेटबाट १० मिटर चौडा कायम गर्न बागलुङ र  गुल्मीखण्डका लागि  १०÷१० करोड रुपैयाँ विनियोजन गरिएको बताइएको छ ।

लामो समयसम्म निर्माण हुन नसकेको कोरिडोरको काम २०७० सालमा नेपाली सेनालाई जिम्मा दिएपछि तीव्रता पाएको थियो । बागलुङखण्डमा पर्ने ३८ किमिसहित गुल्मीमा समेत गरी ८० किमि सडकको ट्र्याक खोल्ने काम नेपाली सेनाले सम्पन्न गरेको थियो ।

सडक निर्माणको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले नेपाललाई दक्षिण चीन र भारत जोड्नेगरी निर्माण हुने कोरिडोर विकासको मेरुदण्ड रहेको उल्लेख गरे । त्रिदेशीय सिधा सम्पर्क हुने सडकमार्फत आयात–निर्यातका साथै पर्यटकको आगमनका लागि कोरिडोरको ठूलो भूमिका रहने उनको भनाइ छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री