दराज नेपालद्वारा दसैँ धमाका क्याम्पेनको घोषणा : ७० प्रतिशतसम्म छुट

काठमाडौँ । देशकै अग्रणी अनलाइन सपिङ प्लेटफर्म, दराज नेपालले चाडपर्वको मौसम लक्षित गर्दै बहुप्रतिक्षित दसैँ धमाका क्यम्पेनको घोषणा गरेको छ । छुट तथा सुविधाका लागि निकै प्रतीक्षित यस अभियान अन्तर्गत उपभोक्ताले ७० प्रतिशतसम्मको फ्ल्यास सेल छुट, निःशुल्क होम डेलिभरी र पूर्व भुक्तानीमा रु. २ हजार सम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् ।

यो क्याम्पेन आज (असोज ११) देखि कार्तिक १, २०८१ सम्म चल्नेछ । साथै, क्याम्पेनमा सहभागी एक जना भाग्यशाली खरिदकर्ताले वानप्लस नर्ड सीईथ्री फाइभजी जित्नेछन् । त्यसैगरी, अन्य तीन जनाले सेटाफिलका तर्फबाट रु १० हजार बराबरको आकर्षक गिफ्ट ह्याम्पर जित्ने मौका पाउने कम्पनीले जानकारी दिएको छ ।

उत्पादनहरूको विस्तृत शृङ्खला तथा डिलहरू प्रदान गर्ने ब्रान्डहरूको विशाल चयनका साथ, दसैँ धमाका शपिंगका लागि अभूतपूर्व आकर्षक गन्तव्य हो । क्याम्पेन अवधिभर उपभोक्ताहरुले आइविबी, एंकर, एक्वालोजिका, सेताफिल, सिलेन्स्टा, डोभ, सर्फ एक्सेल लगायत सह–प्रायोजकहरूका तर्फबाट उपलब्ध गरिएका अविश्वसनीय डिलहरूको मज्जा लिन सक्नेछन् । त्यस्तै अस्टावोल्फ, मामाअर्थ, नेपाल टी एक्स्चेन्ज, रोट्टो मेन्थालेटम, स्ल्याजेन्गर, टेक्नो, ह्वाइट मून, एक्स्–एज लगायत ब्रान्ड साझेदारहरूका तर्फबाट विशेष अफरहरु पनि उपलब्ध गराउने जानकारी दिइएको छ ।

क्याम्पेन अवधिभर डेबिट कार्ड मार्फत आफ्नो अर्डरको लागि अग्रिम भुक्तानी गर्ने ग्राहकहरूले रू. १ हजार ५ सय सम्म १५ प्रतिशत छुटको मजा लिन सक्नेछन् । साथै, क्रेडिट कार्ड प्रयोग गर्नेहरूले रु २ हजार सम्म २० प्रतिशत सम्मको छुटबाट लाभ उठाउन सक्नेछन् । यो अफर नबिल बैंक, हिमालयन बैंक, सानिमा बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंक, नेपाल बैंक र ज्योति विकास बैंकका कार्डहरूमा मान्य हुनेछ । त्यसैगरी ईसेवा, आईएमई पे वालेट प्रयोगकर्ताहरूले आफ्नो अर्डरमा १५ प्रतिशत छुट सुविधा पाउनेछन् । खरिदकर्ताहरूलाई दराज भाउचरहरू प्रयोग गरी कुल रु. २ करोड सम्मको छुट पाउन सकिने सुविधाका साथै आफ्ना खरिदमा फ्ल्याट रु. १० हजार छुट प्राप्त गर्ने अवसर समेत उपलब्ध गरिनेछ ।

पछिल्ला संस्करणको लोकप्रियतालाई दृष्टिगत गर्दै, दसैँ धमाकाले न्यूनतम रु. ४ सय ९९ खर्च गर्दा छानिएका बिक्रेताहरू मार्फत चुनिएका उत्पादनहरूमा घरदैलो सम्म निःशुल्क होम डेलिभरीको सुविधापनि प्रदान गर्ने जानकारी दिइएको छ । “फ्री डेलिभरी“ सुविधाको उपभोग गर्न दराज एपको होमपेजमा रहेको “फ्री डेलिभरी“ ब्यानरमा क्लिक गर्नुपर्ने हुन्छ ।

दसैँ धमाका क्याम्पेनको मुल उद्देश्य छुट र बचत मात्र नभई एक बेजोड अनलाइन किनमेल अनुभव प्रदान गर्नु रहेको कम्पनीको भनाइ छ । दराज नेपालले सबैलाई दसैँ उत्सवमा सहभागी हुन र यी अभुतपूर्व प्रस्तावहरूको अधिकतम लाभ लिन आमन्त्रित गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रियलमी सि ६७ ‘५जी’ र रियलमी नार्जो एन ६१ नेपालमा उपलब्ध

काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले नेपालमा रियलमी सि ६७ ५जी र रियलमी नार्जो …

प्रतिकृया दिनुहॊस