ग्लोबल आइएमई बैंकमा अनलाइनबाटै शेयर धितोकर्जा

काठमाडौं । ग्लोबल आइएमई बैंकले फास्ट लोन अगेन्स्ट शेयर प्लेटफर्म सार्वजनिक गरेको छ । यसअन्तर्गत इच्छुक व्यक्तिहरुले अनलाइनबाट शेयर धितो कर्जाको लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले सार्वजनिक गरेको यस डिजिटल प्लेटफर्ममार्फत ग्राहकहरूले आफूसँग भएको शेयरहरू धितो राखेर सरल प्रक्रियाबाट शेयर धितोकर्जा प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरूले अनलाइनबाट यो प्लेटफर्म प्रयोग गरी कर्जाको आवेदन दिन र आवश्यक कागजातहरू बुझाउन सक्नेछन् । यस प्रक्रियामा अनलाइन आवेदन पूरा गरेपछि आवेदकले निवेदनको अवस्थाको बारेमा आफैंले जानकारी लिनसमेत सक्ने कम्पनीले बताएको छ ।

यो शेयर धितो कर्जाको सीमा हालका लागि न्यूनतम ५ लाख रुपैयाँदेखि अधिकतम २५ लाख रुपैयाँसम्म तोकिएको छ। यो कर्जाको निमित्त धितोको रुपमा स्वीकार गरिने शेयरहरू निवेदक स्वयंको हुनु पर्नेछ, निवेदक बाहेक अन्य व्यक्तिको शेयरहरू भने धितोको रुपमा स्वीकार नगरिकने पनि कम्पनीले बताएको छ ।

यो सुविधा कम्पनीले हालसालै सार्वजनिक गरेको डिजिटल युनिभर्समा पनि उपलब्ध रहेको बताएको छ ।यो कम्पनी मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

कम्पनीको ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजारभन्दा बढि सेवा केन्द्र छन् ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कुमारी बैंकले सञ्चालनमा ल्यायो दशैं उत्सव क्यासब्याक अफर

काठमाडौं । कुमारी बैंकले विजया दशमीको अवसरमा आफ्ना सेवाग्राहीहरुलाई शुभकामना स्वरुप दशैं उत्सव क्यासब्याक अफर …

प्रतिकृया दिनुहॊस