प्रभु बैंकको लाभांश परिवर्तन, लगानीकर्ताले अब ८% बोनस पाउने

काठमाडौं । प्रभु बैंकले पूर्वघोषित लाभांश दर परिवर्तन गरेको छ । प्रभुले राष्ट्र बैंकको निर्देशनपछि अब सेयरधनीलाई ८% बोनस सेयर दिने भएको छ । यसअघि बैंकले ५% बोनस सेयर र ५.२३६% नगद लाभांश दिने घोषणा गरेको थियो । तर राष्ट्र बैंकले नियमनकारी कोषमा १७ करोड ४ लाख ६० हजार रुपैयाँ थप गरी सञ्चित मुनाफाबाट बोनस सेयर वितरण गर्न निर्देशन दिएको प्रभुले जनाएको छ ।
प्रभुले अब ८ अर्ब २३ करोड ३९ लाख ५९ हजार रुपैयाँको ८% बोनस प्रस्ताव पुनः स्वीकृतिका लागि राष्ट्र बैंकमा पेश गर्नेछ । यस्तै, बोनसमा लाग्ने कर तिर्न ३ करोड ४६ लाख ६९ हजार २५७ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पनि रहेको छ । नयाँ लाभांश राष्ट्र बैंकले स्वीकृत गरेमा आगामी वार्षिक साधारण सभामा पेश हुने बैंकले जनाएको छ ।
प्रस्तावित ८% बोनस सेयरपछि प्रभुको चुक्ता पुँजी ८ अर्ब ८९ करोड २६ लाख ७४ हजार रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा यसले १ अर्ब ४ करोड १८ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ३१ पैसा र प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ ३ पैसा छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ कार्यसमितिद्वारा नेपाल धितोपत्र बोर्डका अध्यक्षसँग शुभकामना आदानप्रदान

काठमाडौं । नेपालीहरुको महान चाड शुभ दिपावली, छठ पर्व तथा नेपाल सम्वत् ११४५ को पावन …

प्रतिकृया दिनुहॊस