कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया कार्याकक्षबाटै पक्राउ

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ परेका छन् । उपत्यका अनुसन्धानका कार्यालय र काठमाडौँ प्रहरी परिसरको टोली सिरोहियालाई पक्राउ गर्न थापाथलीस्थित कान्तिपुर पब्लिकेशनको मुख्यालयमा सादा पोसाकमा पुगेको थियो । उनलाई मंगलबार नै धनुषाको जनकपुर लैजाने तयारी प्रहरीको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, एसपी रविन्द्र रेग्मी, डीएसपी अनिल घिमिरे लगायत सिरोहियाको कार्यकक्षमा पुगेका हुन् । सिरोहियाविरुद्ध मंगलबार बिहान धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । सिरोहियाको नागरिकताबारेको विवादमा अदालतले पक्राउ पुर्जी जारी गरेको हो । सिरोहियाले सहकारी ठगीसम्बन्धी समाचार रोकाउन र मुद्दा विषयान्तर गर्न आफूविरुद्ध पक्राउ पुर्जी जारी गराइएको बताएका छन् । उनले आजै आफूविरुद्धको पक्राउ पुर्जी पूर्वाग्रहपूर्ण र मिडियामाथिको हस्तक्षेप भन्दै सर्वोच्चमा रिट दिएका थिए ।

पक्राउ पुर्जी जारी भएको समाचारपछि सिरोहियालाई भेट्न नेपाली कांग्रेसका सांसदहरू कान्तिपुरको कार्यालयमा पुगेका थिए । मंगलबारको प्रतिनिधिसभा बैठकमा पनि कांग्रेस सांसद बद्रि पाण्डेले सिरोहियालाई प्रतिशोधपूर्ण रुपमा पक्राउ गर्न खोजिए पार्टीले नसहने बताएका थिए । त्यस्तै, पक्राउ पुर्जी जारी भएको खबरलगत्तै प्रधानमन्त्री पुष्पकम दाहाल ‘प्रचण्ड’ ले पनि अहिले तत्काल त्यस्तो नगर्न गृहमन्त्री रवि लामिछानेलाई आग्रह गरेको प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सर्वोच्चले भन्यो- फणिन्द्र देवकोटा नेसपाकै सांसद हुन्, माओवादीले कारबाही गर्न मिल्दैन

काठमाडौँ । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाका सदस्य फणिन्द्र देवकोटालाई पदबाट निष्काश गर्ने निर्णय कार्यान्वयन नगर्न …

प्रतिकृया दिनुहॊस