कति छ प्रधानमन्त्री प्रचण्डको सम्पत्ति ?

काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्री प्रचण्डको सम्पति १५ कट्ठाको घर–घडेरी, २५ लाख मौज्दात रहेको देखिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा प्रधानमन्त्री प्रचण्डको सम्पति चितवनमा १५ कट्ठाको घर–घडेरी, २५ लाख मौज्दात रहेको उल्लेख गरिएको छ । सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार प्रचण्डसँग भरतपुर महानगरपालिका–१४ मा १४ कट्ठा जमिन रहेको उल्लेख गरिएको छ ।

यो जग्गा पत्नी सीता दाहालको नाममा रहेको छ । उक्त जग्गा जमिन पैतृक सम्पत्ति रहेको खुलाइएको छ । भरतपुर महानगरपालिका–१२ मा १ कट्ठा जग्गा रहेको उल्लेख गरिएको छ । पत्नी सीता दाहालको नाममै रहेको उक्त जग्गा अंशबाट प्राप्त भएको जनाइएको छ ।

प्रधानमन्त्री प्रचण्डसँग पाँच तोला सुन रहेको र उक्त सम्पत्ति पनि पैतृक रहेको उल्लेख गरिएको छ । प्रधानमन्त्री प्रचण्डको एभरेष्ट बैंक लिमिटेड, सिंहदरबारको खातामा २५ लाख नगद मौज्दात रहेको उल्लेख गरिएको छ ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । यसअघि जेठ ३ गते बसेको मन्त्रिपरिषद बैठकले सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

त्यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्न भन्दै छुट्टाछुट्टै पत्राचार गरेका थिए । त्यसपछि मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरी मंगलबार मन्त्रिपरिषद कार्यालयको वेबसाइटमा राखेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘नो केबलकार समूह’ द्वारा थप आन्दोलन कार्यक्रमको घोषणा

काठमाडौँ । ‘नो केबलकार समूह’ द्वारा पाथीभरामा निर्माणाधीन केबलकारविरुद्ध थप आन्दोलन कार्यक्रम गर्ने घोषणा गरेको छ । उनीहरुले नेपाल सरकारका सहसचिवस्तरीय वार्ताबाट समस्या समाधान नभएको भन्दै थप आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेका हुन् ।

प्रतिकृया दिनुहॊस