News desk

‘रोज’को प्रदर्शनका लागि हङकङ पुगिन् मिरुना

काठमाडाैं । भदौ २२ मा नेपालमा प्रदर्शनमा आएको सिनेमा ‘रोज’ हङकङमा प्रदर्शन हुने भएको छ । सिनेमा प्रदर्शनको लागि नायिका मिरुना मगर हङकङ पुगेकी छिन् । हङकङ स्थित ग्राण्ड ओसन सेन्टरमा अक्टोबर २८ मा प्रदर्शन हुँदैछ । हङकङमा सिनेमालाई किङ्स इभेन्ट्स हङकङले प्रदर्शन गर्न लागेको हो । प्रदीप खड्का, मिरुना मगर र परमिता आरएल राणाको मुख्य भूमिका रहेको फिल्मलाई नीरक पौडेलले निर्देशन गरेका हुन् । फिल्मलाई गोपिकृष्ण मूभिज र आरोही …

पुरा पढ्नुहॊस »

आवेदक सबैलाई आँखुखोलाको शेयर

काठमाडौं । आँखुखोला हाइड्रोपावर कम्पनीले आवेदक सबैलाई १० कित्ताका दरले साधारण शेयर (आइपिओ)वितरण गरेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलले आज साधारण शेयरको बाँडफाँट गरेको हो । कूल ४७ हजार ४०० आवेदकले २० कित्ता शेयर प्राप्त गरेका छन् भने ३५ हजार ९१६ आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । आवेदनमा भएको कमजोरीका कारण ६१ वटा आवेदकबाट परेको १६ हजार २८० कित्ता भने रद्द गरिएको …

पुरा पढ्नुहॊस »

नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न सर्विया इच्छुक

काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि सर्वियाका उद्योगी तथा व्यवसायीलाई उत्प्रेरित गरिदिन आग्रह गरेका छन् । सर्विया भ्रमणमा रहेका मन्त्री पुन र सर्वियाका प्रथम उपप्रधानमन्त्री इभिका डाकिकबीचको भेटवार्तामा मन्त्री पुनले यस्तो आग्रह गरेका हुन् । ‘युरो–एसिया इनर्जी सेक्युरिटी फोरम’मा भाग लिन सर्विया पुगेका ऊर्जामन्त्री पुन र उपप्रधानमन्त्री इभिकाबीच द्विपक्षीय हितका विषयमा छलफल हुनुका साथै दुवै देशका बीचमा आगामी दिनमा गर्ने सहकार्यका विषयमासमेत कुराकानी भएको …

पुरा पढ्नुहॊस »

यसरी गर्दैछन् मेलम्ची आयोजनाका गाडीमा पहुँचवालाहरु रजाइँ

काठमाडाैं । तत्कालीन भौतिक योजना तथा निर्माण राज्यमन्त्री सञ्जय शाहले मन्त्रीको जिम्मेवारीबाट हटेपछि पनि मन्त्रीको हैसियतमा प्रयोग गर्दैे आएको बा४च १५०३ नम्बरको मेलम्ची खानेपानी आयोजनाको प्राडो गाडी आयोजनालाई फिर्ता नगरी आफूसँगै लिएर गए। उक्त गाडी २ वर्षपछि महोत्तरीको जंगलमा बिग्रिएको अवस्थामा प्रहरीले फेला पारेर मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौंडामा बुझायो। मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौंडाले मर्मत गरेर प्रयोग गर्ने प्रयास सम्भव नभएपछि मेलम्ची खानेपानी आयोजनालाई गाडी क्षेत्रीय कार्यालयमा रहेको जानकारी गरायो। २०७३ …

पुरा पढ्नुहॊस »

नेकपाका नेताले १८ वर्षीया युवती बेपत्ता बनाएको आरोप,फेसबुक म्यासेन्जरमा भेटियो अश्लिल कुराकानी

काठमाडाैं । भक्तपुरको सूर्यविनायक नगरपालिका ८ सिपाडोलकी एक युवती एक हप्तादेखि हराइरहेकी छन्। माधव थापाकी १८ वर्षीया छोरी उषा कार्तिक ५ गतेदेखि हराएकी हुन्। पिता थापाले कार्तिक ५ गते घरमा कोही नभएको मौका छोपी घरबाट निस्किएकी छोरी उषाको अहिलेसम्म अत्तोपत्तो नभएको जानकारी दिए। महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा छोरी हराएको भोलिपल्टै जानकारी दिँदा पनि छोरीको अवस्था थाहा नभएको उनले बताए। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा भक्तपुरबाट इश्वरकाजी खाइजूले लेखेका छन्। …

पुरा पढ्नुहॊस »

अन्तर्राष्ट्रिय हवाई दुर्घटनामा मृत्यु भए एक करोड ८५ लाख रुपैयाँ क्षतिपूर्ति

काठमाडौं । अन्तर्राष्ट्रिय हवाई दुर्घटनामा ज्यान गुमाउनेका आफन्तले आगामी मंसिर २९ बाट झण्डै दुई करोड रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन् । संसदबाट मन्ट्रियल महासन्धि अनुमोदन गरेर अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)मा नेपाललाई रजिस्ट्रेसन गराएसँगै महासन्धिको व्यवस्थाअनुसार उक्त क्षतिपूर्ति रकम पाउने वातावरण बनेको हो । यसअघि अन्तर्राष्ट्रिय हवाई दुर्घटनामा ज्यान गुमाउनेका परिवारले वार्सा सन्धिअनुसार क्षतिपूर्ति पाउने व्यवस्था थियो । उक्त व्यवस्थाअनुसार २० हजार अमेरिकी डलर क्षतिपूर्ति पाउँदै आएका छन् । नेपाल …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री ओली अस्पताल भर्ना

काठमाडौँ । स्वास्थ्य अवस्था सुधार नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल लगिएको छ । गत शुक्रबारदेखि सरकारी निवासमै आराम गरिरहेका प्रधानमन्त्री ओलीलाई सोमबार बिहान पुनः त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको हो । अस्पताल स्रोतका अनुसार बिहान तीन बजे प्रधानमन्त्रीलाई पुर्‍याइएको हो । शिक्षण अस्पतालमै मनमोहन कार्डियोभास्कुलर सेन्टरमा प्रधानमन्त्रीलाई राखिएको छ । चिकित्सको निगरानीमा रहेका ओलीलाई निमोनियाको संक्रमण भएपछि बालुवाटारको उपचार सम्भव नभएको हो। अहिले अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । …

पुरा पढ्नुहॊस »

यूएईमा नेपाली युवतीबीच विवाद हुँदा छुरा प्रहार, एकजनाको मृत्यु

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को सारजाहमा सविता तामाङले चक्कु प्रहार गरी सहकर्मी सिर्जना बरालको हत्या गरेकी छन् । बिहीबार रातिको घटनामा घाइते भएकी बरालको उपचारका क्रममा शनिबार मृत्यु भएको हो । गम्भीर घाइते ममता चौधरीको आइसीयूमा उपचार भइरहेको छ । आशा दर्जी र सलिना मगर सामान्य घाइते छन् । अबुधाबीस्थित नेपाली दूतावासका अनुसार कम्पनीको क्याम्पभित्र मदिरा सेवनका क्रममा विवाद हुँदा चक्कु प्रहार भएको हो ।

पुरा पढ्नुहॊस »

ब्राजिलको राष्ट्रपतिमा दक्षिणपन्थी नेता जेयर बोलसोनारो निर्वाचित

काठमाडौं । ब्राजिलको राष्ट्रपतिमा दक्षिणपन्थी नेता जेयर बोलसोनारो निर्वाचित भएका छन् । हिजो भएको दोस्रो चरणको निर्वाचनमा वामपन्थी नेता फर्नान्डो हड्डाडलाई पराजित गर्दै दक्षिणपन्थी नेता बोलसोनारो राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनले ५६ प्रतिशत मत प्राप्त गरेका छन् । त्यसैगरी वामपन्थी नेता हड्डाडले ४४ प्रतिशत मत मात्र प्राप्त गरे । सेनाका भूपूर्व कप्तान ६३ वर्षीय बोलसोनारो एउटा सानो तथा अनुदारवादी सोसल लिबरल पार्टीको प्रतिनिधित्व गर्छन् । उनले चुनावका क्रममा आपराधिक गतिविधि …

पुरा पढ्नुहॊस »

बार्सिलोनाद्वारा रियाल मड्रिड पराजित, सुवारेजले गरे ह्याट्रिक

काठमाडौं । स्पेनिस लिग फुटबलमा गएराती बार्सिलोनाले रियाल मड्रिडलाई ५–१ को फराकिलो गोल अन्तरमा हराएको छ । झण्डै एक दशकपछि भएको लियोनल मेस्सी र रोनाल्डो बिनाको एल क्लासिकोमा घरेलु टोली बार्साले सहज जित निकालेको हो । बार्सीलोनाको मैदान नुओ क्याम्पमा बार्सालाई विजयी गराउन लुईस सुवारेजले ह्याट्रिक गरे । यसैगरी ब्राजिलियन खेलाडी मार्सेलोले एक सान्तोना गोल फर्काएका थिए । जितपछि बार्सिलोनाले १० खेलबाट २१ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ …

पुरा पढ्नुहॊस »