भारतीय कांग्रेसले नेपाललाई सोध्यो-मोदीलाई मात्रै महत्व किन दिएको?

काठमाडाैं । भारतीय राष्ट्रिय कांग्रेस (कांग्रेसआई) ले नरेन्द्र मोदीलाई मात्रै महत्व नदिन नेपाललाई आग्रह गरेको छ। प्रधानमन्त्री मोदीले छिमेकीसँगको सम्बन्धलाई दलगत हितमा उपयोग गरेकोमा आलोचना गर्दै उसले नेपाल सरकारलाई सचेत रहन भनेको हो।

कुटनीतिक उच्चस्रोतका अनुसार कांग्रेस आईले भारतीय जनता पार्टी (बीजेपी) लाई नै तोकेर नेपाललाई छुट्टै आग्रह गरेको छ। आगामी निर्वाचनमा कांग्रेस आईले वर्तमान सरकारको छिमेक नीतिलाई मुख्य मुद्दा बनाएर अघि बढ्दै छ । यसै सन्दर्भमा उसले नेपालसँग पनि मोदीको विदेश–नीतिको विषय उठाएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा चन्द्रशेखर अधिकारीले लेखेका छन्।

नेपाल सिंगो भारतसँगको कूटनीतिक सम्बन्धमा यसअघि नचुकेको समेत भारतीय कांग्रेसको धारणा छ । उसले छिमेक यस्तोमा उपयोग हुन नहुने भन्दै सचेत रहन औपचारिक÷अनौपचारिक आग्रह गरेको हो । कांग्रेस आईले कूटनीतिक च्यानलमार्फत समेत यस्तो सन्देश प्रवाह गरेको दिल्लीस्थित नेपाली दूतावासका अधिकारीले बताए।

भारतीय प्रधानमन्त्री मोदीको राजनीतिक धारलाई नेपालले साथ दिएको गुनासोसहित उसले यस्तो सन्देश प्रवाह गरेको हो। सरकारले भारतसँगभन्दा पनि दलसँग सम्बन्ध राख्न खोजेझैं देखिएको भन्दै यसमा सचेत रहनुपर्ने उसले बताएको छ। भारतीय प्रधानमन्त्री मोदीको पछिल्लो नेपाल भ्रमणको सन्दर्भलाई कोट्याएर उसले यस्तो धारणा राखेको हो । कर्नाटक निर्वाचनको मौन अवधिमा मोदी नेपाल आएका थिए । त्यस समयमा नेपाल भ्रमण गर्दै मुक्तिनाथबाट गरिएको टेलिभिजन ‘लाइभ’प्रति इंगित गर्दै यस्तो धारणा आएको हो।

दिल्लीस्थित नेपाली दूतावासमार्फत कंग्रेस आई सभापति राहुल गान्धीले नै सीधै यसमा चासो देखाएका हुन् । ‘नेपालले भारतीय जनता पार्टीलाई दिएको महत्वको कारण भारतको आन्तरिक राजनीतिमा ठूलो असर मात्र गरेको छैन । यसबाट नेपाल–भारत सम्बन्ध आगामी दिनमा कस्तो हुने भन्ने समेतको चिन्ता सुरु भएको छ,’ गान्धीनिकट एक व्यक्तिले भने।

भारतीय प्रधानमन्त्री मोदी पुनः नेपाल भ्रमणमा आउने सम्भावना देखिएपछि कांग्रेस आईले निर्वाचन प्रक्रियालाई असर गर्ने गरी छिमेकी धर्मसंस्कृति र कूटनीतिमा उपयोग हुन नहुने सुझाव नेपाली दूतावासलाई केही दिन पहिले दिएको एक दूतावास अधिकारीले बताए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सप्तकोशी नदी किनारमा महिला र पुरुषको शव फेला

काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकाको सप्तकोशी नदी किनारामा एक महिला र एक पुरुषको शव फेला …

प्रतिकृया दिनुहॊस