श्रममन्त्री अर्यालको १३ ठाउँमा घर-जग्गा, २६० तोला सुनचाँदी

काठमाडौं । सरकारका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग विभिन्न १३ स्थानमा घर जग्गा, २६० तोला सुन–चाँदी र हिरा रहेको विवरण सार्वजनिक भएको छ ।अर्यालसँग एक सय तोला सुन, १५० तोला चाँदी र १० तोल हिरा रहेको विवरणमा उल्लेख छ । जसमा २०७४ सालको खरिद मूल्य अनुसार ८२ लाख रुपैयाँ बढीको सुन र चार लाख बढी मूल्यको चाँदी अर्यालसँग छ ।

यस्तै अर्यालको नाममा ६ ठाउँमा जग्गा र श्रीमती अम्बिका केसीको नाममा ७ ठाउँमा घर तथा जग्गा रहेको छ । श्रीमती केसीको नाममा तीन करोडमा खरिद गरेको काठमाडौं महानगरपालिकामा–१६ मा घर रहेको समेत विवरण रहेको छ । यस्तै केसीकै नाममा काठमाडौंको चार ठाउँमा र धादिङमा दुई ठाउँमा गरी ३४ आना जग्गा रहेको छ । यसको अनुमानित मूल्य घरसहितको ६ करोड ५० लाख रुपैयाँ रहेको उल्लेख गरिएको छ ।

यस्तै मन्त्री अर्यालको लमजुङमा मात्रै ५ ठाउँमा जग्गा र भक्तपुरमा एक ठाउँमा जग्गा रहेको सम्पत्ति विवरण उल्लेख छ ।लमजुङमा मात्रै १२ रोपनी जति जग्गा र भक्तपुरमा ८ आना जग्गा रहेको छ । जग्गाको मूल्य २ करोड रुपैयाँ बराबरी छ । श्रीमान र श्रीमतीको नाममा विभिन्न बैंक तथा सहकारीमा २ करोड १८ लाख नगद रहेको समेत विवरणमा उलेल्ले छ । अर्यालले जनसागर सहकारीबाट २ करोड ऋण लिएको र रेशम केसीलाई १ करोड ५० लाख दिएको समेत उल्लेख छ ।

यस्तै सुशील प्रधानाङ्गसँग ५० लाख लिएको र अहिलेसम्म एक करोड ऋण तिरेको विवरणमा उल्लेख छ । अर्यालसँग टोयोटा प्राडो कार र श्रीमतीसँग विद्युती गाडी रहेको विवरणमा उल्लेख छ । यसैगरी अर्यालसँग स्वयम्भू स्टार ब्याङक्वेटमा एक करोड १५ लाख, सुमिरे ट्राभल्स एण्ड टुर्स प्रालिमा ५ लाख, इजी लिंकमा एककरोड र एपीए ह्याण्डीक्राफ्टसमा ३ लाख रहेको सार्वजनिक सम्पत्ति विवरणमा उल्लेख छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रहरीका २८९ लेखापालको सरुवा, अब को कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका २८९ जना लेखापालहरुको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको …

प्रतिकृया दिनुहॊस