News desk

नागढुंगामा यात्रुलाई चरम सास्तीः २६ किमी पार गर्न ९ घन्टा !

काठमाडाैं । दसैं मान्न भनेर राजधानीबाट घर हिँडेकी स्याङ्जाका नन्दी थापालाई कलंकीदेखि धादिङको नौबिसे-धार्केसम्म आइपुग्न करिब ९ घन्टा लाग्यो। अरू बेला एक घन्टामा पार गर्न सकिने करिब २६ किलोमिटरको यो सडक खण्ड छिचोल्न अहिले ८ देखि १२ घन्टासम्म लाग्न थालेको छ। यो खबर आजको नागरिक दैनिकमा सरिता श्रेष्ठले लेखेकी छन्। बिहान साढे पाँच बजे गाडी चढेकी थापा दिउँसो ३ बजे बल्ल धार्के आइपुगिन्। ‘चाडपर्व नजिकियो। आफन्त र साथीभाइसँग खुसी बाँड्न घर …

पुरा पढ्नुहॊस »

जहाजमै युवतीको मृत्यु, १३ दिनसम्म गुपचुप

काठमाडाैं । भैरहवाबाट काठमाडौं आउँदै गरेको यती एयरलाईन्सको जहाजमा सवार एक युवतीको जहाजभित्रै मृत्यु भएको छ । यतीले गुपचुप राख्न खोजेको घटना १३ दिनपछि सार्वजनिक भएको छ । असोज ५ गते यती एयरको दिउँसो २ बजेर ५५ मिनेटको उडानबाट काठमाडौं आउँदै गर्दा कपिलवस्तुीकी ३० बर्षीया पुष्पा रायमाझीको जहाजमै मृत्यु भएको मृतक राईको परिवारले बताएको छ । यती एयरको एटीआर ७२-५०० यात्रा गररहेकै  पुष्पा भैरहवाबाट उडेको १० मिनेटमै अचेत भएको र उपचारमा ढिलो हुँदा …

पुरा पढ्नुहॊस »

पीएसजीको शानदार जित, नेइमारको ह्याट्रिक

काठमाडाैं । फ्रेन्च क्लब पीएसजीले च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा रेड स्टार बेलग्रेडलाई ६ एक गोलको फराकिलो अन्तरले हराएको छ । पीएसजीको जितमा नेइमारले ह्याट्रिक गरेका छन् । घरेलु मैदानमा भएको एकतर्फि खेलमा पीएसजीले खेलको २२ मिनेटमा दुई गोलको अग्रता बनाएको थियो । दुबै गोल नेइमारले गरेका थिए । ३७ औं मिनेटमा काभानीले पीएसजीका लागि तेस्रो गोल गरे । त्यसपछि ४१ औं मिनेटमा डी मारियाले चौथो गोल थपे …

पुरा पढ्नुहॊस »

धितोपत्र बोर्डले प्रदेश शाखा विस्तार गर्ने

काठमाडाैं । नेपाल धितोपत्र बोर्डले सबै प्रदेशमा आफ्नो शाखा कार्यालय विस्तार गर्ने तयारी गरेको छ । नेपाल  धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले सबै प्रदेशमा आफ्नो शाखा कार्यालय विस्तार गर्ने योजना तय गरिएको जानकारी दिए । चालु आर्थिक वर्षभित्र प्रदेश १ मा बोर्डको शाखा कार्यालय विस्तारको काम सम्पन्न गर्ने बोर्डको योजना छ । बोर्डले पूँजीबजारसम्बन्धि पर्याप्त सूचना दिन बुधबार नयाँ अनलाईन सेवा पनि संचालनमा ल्याएको छ । लगानीकर्ताहरुका लागि पर्याप्त सूचना दिन नयाँ …

पुरा पढ्नुहॊस »

अब दिउँसाे पनि मापसे चेक गरिने

काठमाडाैं । ट्राफिक प्रहरीले चाडबाडको समयमा सुरक्षित रुपमा गन्तव्यस्थलसम्म पुग्ने वातावरण बनाउन सातै प्रदेशमा यात्रु सहायता कक्ष स्थापना गर्न लागेको छ । नेपालीको महान् पर्व दशैँ नजिकिएसँगै ट्राफिक प्रहरीले सातै प्रदेशका सवारीसाधन धेरै आवतजावत गर्ने विभिन्न जिल्लाका स्थानमा यात्रु सहायता कक्ष राख्न लागेको हो । प्रहरी प्रधान कार्यालय ट्राफिक निर्देशनालयका प्रहरी उपरीक्षक जनक भट्टराई चाडबाडमा यात्रुलाई सहज, सुरक्षित र व्यवस्थित तवरले गन्तव्यसम्म पुर्‍याउन विशेष अभियान सञ्चालन गर्न लागेको बताए । “लामो …

पुरा पढ्नुहॊस »

सुनको भाउ आकाशियो, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं । आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेर ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन ५८ हजार १ सयमा कारोबार भएको थियो । यस्तै तेजावी सुन ५८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोला ७ सय ५० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

पुरा पढ्नुहॊस »

बन्दीपुरवासीका लागि केबलकार कम्पनीको शेयर

तनहुँ । बन्दीपुर केबलकार कम्पनीले तनहुँको बन्दीपुरवासीका लागि केबलकारको शेयर खुल्ला गरेको छ । कम्पनीले पूर्वघोषणा गरे बमोजिम बन्दीपुर गाउँपालिकाभित्र बसोबास गर्ने सर्वसाधारणका लागि शेयर खुल्ला गरेको हो । बन्दीपुरमा बसोबास गर्नेले रु एक लाखदेखि रु पाँच लाखसम्मको शेयर खरिद गर्न सक्ने बन्दीपुर केबलकार प्रालिका अध्यक्ष तारानाथ उपाध्यायले जानकारी दिए ।  कम्पनीले बन्दीपुरवासीका लागि ११ लाख २० हजार कित्ता शेयर छुट्याएको छ । बन्दीपुर केबलकार कम्पनी प्रालि र आरकेडी रियलस्टेट कन्स्ट्रक्सनको …

पुरा पढ्नुहॊस »

बालिका बलात्कार गर्ने पाँच किशोरलाई १०/१० वर्ष कैद

jel/सरकारले चालचलन राम्रो भएका कैदीलाई जेलबाहिर बस्न दिने

काठमाडाैं । उदयपुरमा १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गर्ने पाँच किशोरलाई १० वर्ष कैद सजाय तोकिएको छ । जिल्लाको कटारी नगरपालिका वडा नम्बर ४ की बालिकालाई बलात्कार गरेको मुद्दामा जिल्ला अदालत उदयपुरले मंगलबार फैसला सुनाएको हो । दोषी पाँचै जनाको उमेर १५ देखि १८ वर्षमुनि छ । त्यसमध्ये १६ वर्ष नाघेका चार जनालाई जनही १० वर्ष ६ महिना तथा १६ वर्ष नपुगेका एक जनालाई सात वर्ष कैद सजाय तोकिएको छ …

पुरा पढ्नुहॊस »

साउदीमा मृत्यु भएका २४ नेपालीका परिवारले राहत रकम पाउने

काठमाडाैं । रियादस्थित नेपाली दूतावासले विभिन्न कारणबाट साउदी अरबमा ज्यान गुमाएका २४ नेपाली कामदारका परिवारले पाउनुपर्ने दुई लाख ७१ हजार ८०७ साउदी रियाल नेपाल पठाएको छ । मृतक नेपाली नागरिकका कानूनी हकदारले पाउने गरी उनीहरुले काम गरेको अवधिको लिन बाँकी रहेको तलब, भत्ता तथा ‘ब्लडमनी’ परराष्ट्र मन्त्रालयको बैङ्क खातामा हस्तान्तरण गरिएको दूतावासले जनाएको छ । सिरहाका अवधकिशोर यादव र राजकुमार मण्डल, बाराका अमिरी माझी, पाल्पाका भुवनसिंह दिसा, सप्तरीका विनोदकुमार मण्डल, …

पुरा पढ्नुहॊस »

सुविसुले ल्यायो दशैं लक्षित ‘सुविसु शुभ अफर’

काठमाडाैं । सुविसुले दशैं लक्षित ‘सुविसु शुभ अफर’ प्रस्तुत गरेको छ । अफरमा क्लियर टिभी, इन्टरनेट तथा इन्टरनेट र क्लियर टिभीमा फरक अफर रहने जनाइएको छ । क्लियर टिभिमा १५ सय रुपैयाँ (कर सहित) मा २ महिनाको प्रिमियम सेवा साथै, सेट टप बक्स र जडान सेवा दिइने छ । इन्टरनेट सेवा अन्तर्गत २० एमबिपीएस अनलिमिटेड इन्टरनेट १ महिनाको लागि साथै माेडियम र जडान २ हजार रुपैयाँ–(कर सहित) मा दिइने छ …

पुरा पढ्नुहॊस »