काठमाडौंमा प्रदीप र जसिताको ‘लभ स्टेशन’

काठमाडाैं । ‘लिलिबिली’बाट रुचाएको स्क्रिन जोडी प्रदीप खड्का र जसिता गुरुङको अर्को फिल्म ‘लभ स्टेशन’को काठमाडौंमा छायाँकन सुरु भएको छ । दार्जिलिङपछि काठमाडौंमा फिल्मको छायाँकन सुरु भएको हो । निर्माण टिम तिहारअघि फिल्मका दुई गीतका छायाँकन सकाउने तयारीमा छन् ।

फिल्मको छायाँकन दार्जिलिङ, कालिङपोङ, खार्साङ, मिरिकमा ६० प्रतिशत सकेको थियो । त्यसपछि इलामको पशुपतिनगर, फिक्कल एक, इलाम, कन्याम र श्रीअन्तुमा २० प्रतिशत छायाँकन सकियो । तीहारसम्ममा काठमाडौंको छायाँकन सम्पन्न गर्ने निर्माता गोविन्द शाहीले बताएका छन् । उनले भने ‘हामीले लक्ष्मीपुजासम्म करिब ९० प्रतिसत छायाँकन सक्दै छौं । अब तिहारपछि बाँकी एउटा गीत मनाङको विभिन्न सुन्दर स्थानमा र एउटा गीत जापानमा खिच्दै फिल्मको छायाँकन सम्पन्न गर्नेछौं’ । १२ आसोजबाट फिल्मको छायाँकन सुरु भएको थियो ।

‘लभ स्टेशन’लाई यो बर्षको अन्तिमसम्ममा रिलिज गर्ने टार्गेट रहेको निर्माण टिमले जनाए । फिल्मलाई उज्ज्वल घिमिरेले निर्देशन गर्दैछन् । सांगीतिक प्रेम कथामा आधारित फिल्ममा प्रदीप, र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याललगायतको अभिनय छ । काफिया फिल्मस्को ब्यानरमा बनेको फिल्ममा आलोक शुक्लाको छायाँकन रहेको फिल्ममा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यस्तो छ चलचित्र ‘छक्का पञ्जा-५’ को गीत ‘ब्रेकअप’

काठमाडौँ । नेपाली चलचित्र ‘छक्का पञ्जा-५’ को गीत ‘ब्रेकप’ सार्वजनिक भएको छ । आगामी असोज …

प्रतिकृया दिनुहॊस