माथिल्लो तामाकोशीको शेयरमा चार अर्बको आवेदन

काठमाडाैं । निजी क्षेत्रका जलविद्युत् कम्पनीको साधारण शेयर बिक्न समस्या परिरहेका बेला माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा नागरिकको उल्लेख्य सहभागिता भएको छ । यही कात्तिक १५ गते बिहीबारदेखि बिक्री शुरु भएको सो कम्पनीको साधारण शेयरमा अाइतबार साँझसम्म करीब चार अर्ब बराबरको आवेदन परेको छ ।

माथिल्लो तामाकोशी आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार दुई लाख छ हजार ९९१ जनाले तीन अर्ब ९९ करोड ७१ लाख बराबरको आवेदन दिएका छन् । कम्पनीले रु एक अर्ब ५८ करोड बराबरको साधारण शेयर बिक्री गरेको हो । कम्पनीले सोमबारसम्म आवेदन दिने म्याद तोकेको छ । शेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल रहेका छन् । कम्पनीले दोलखाको लामाबगरमा ४५६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ ।

आयोजनाको कूल भौतिक प्रगति ९७ प्रतिशत रहेको छ । “नागरिकको उल्लेख्य सहभागिताले आफूहरुलाई उत्साहित बनाएको र सरकारी स्वामित्वका कम्पनी वा संस्थाप्रति विश्वास रहेकोसमेत पुष्टि भएको छ”, प्रवक्ता डा न्यौपानेले भने । सोमबारसम्म थप एक अर्बदेखि डेढ अर्बसम्मको आवेदन पर्नसक्ने सम्भावना रहेको उनको भनाइ छ । कम्पनीले निकट भविष्यमा नै रोलवालिङ जलविद्युत् आयोजना निर्माण गर्ने तयारी गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राहुघाटको ८० प्रतिशत निर्माण सकियो, आगामी असारभित्र निर्माण सक्ने लक्ष्य (तस्बिरहरु)

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरले निर्माण गरिरहेको ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको काम ८० प्रतिशत सकिएको छ । नेपाल सरकार तथा प्राधिकरणको लगानी र निर्यात आयात (एक्जिम) बैंक, भारतको लाइन अफ क्रेडिटबाट प्राप्त सहुलितपूर्ण ऋणमा म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन आयोजना आगामी असारभित्र सम्पन्न गर्ने गरी काम भइरहेको छ ।

प्रतिकृया दिनुहॊस