डोल्पामा जीप नदीमा खस्यो, १० जनाको मृत्यु

काठमाडाैं । डोल्पामा सोमबार जीप नदीमा खस्दा १० यात्रुको मृत्यु भएको छ । सदरमुकाम दुनैबाट सुपानी जान लागेको भे १ च १६१० नम्बरको बोलेरो जीप दिउँसो ठूलीभेरी नदीमा खसेको हो ।

दुनैबाट गुडेको ४५ मिनेटपछि कालागौडामा सडकबाट चिप्लिएर जीप नदीमा खसेको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए । उनका अनुसार दुर्घटनामा घाइते २ जनाको उद्धार गरिएको छ। चालक दिनेश बोहोरा पनि घाइते भएका छन् ।

दुर्घटनाको कारण खुल्न नसकेको प्रजिअ थापाले बताए । अहिले जीप नदीबाट बाहिर निकालिएको उनले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

करेन्ट लगाएर माछा मर्ने क्रममा २६ वर्षीय विकासको मृत्यु

काठमाडौं । लमजुङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु भएको छ । दोर्दी …

प्रतिकृया दिनुहॊस

This will auto close after