गृहमन्त्रीले देखाए एक लाख १० हजार नगद सम्पत्ति, पत्नी निकिताको नाममा भने करोडौं

काठमाडौं । सरकारले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो नाममा एक लाख १० हजार रुपैयाँ नगद देखाएका छन् । उनले आफ्नै नाममा ग्लोबल आईएमई बैंकमा ५ हजार र नेपाल बैंक लिमिटेडमा एक लाख ५ हजार रुपैयाँ नगद रहेको विवरणमा खुलाएका छन् ।

गृहमन्त्री रवि लामिछानेको भक्तपुरमा एक रोपनी एक आना जग्गा रहेको छ । काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको भक्तपुरमा एक रोपनी एक आना जग्गा रहेको छ । यस्तै, उनीसँग ८० तोला सुन रहेको र अधिंकाश बुवा, आमा तथा केही श्रीमती पौडेलले खरिद गरेको उल्लेख छ ।

एक लाख १० हजार रुपैयाँ बाहेक गृहमन्त्री लामिछानेले आफ्नो पत्नीको नाममा भने करोडौं रुपैयाँ बराबरको सम्पत्ति रहेको विवरण खुलाएका छन् । निकिता पौडेलसँग सिद्धार्थ बैंकमा ५ हजार, नेपाल बैंक लिमिटेडमा ५ लाख रुपैयाँ, सनराइज बैंकमा १५ हजार रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेघा बैंकमा २८ हजार र प्रभु बैंकमा १० हजार ५११ रुपैयाँ नगद रहेको लामिछानेको सम्पत्ति विवतरणमा उल्लेख छ ।

गोपीकृष्ण सेन्ट्रल कम्पलेक्समा निकिताकै नाममा ८ लाख ७५ हजार कित्ता अर्थात २५ प्रतिशत शेयर रहेको र यसको बजार मूल्य ८ करोड ७५ लाख रुपैयाँ रहेको उल्लेख छ । लामिछाने पत्नी निकिताले टाटा नेक्सन इभी चढ्ने र यसको बजार मूल्य ४२ लाख पर्ने विवरणमा खुलाइएको छ । यस्तै पौडेलसँग १४ वर्ष अगाडिबाट शुरु गरेको गोपीकृष्ण इन्टरनेसनल नारी टीभीबाट ३ करोड रुपैयाँ आम्दानी गरेको र गोपीकृष्ण कामाक्ष्यबाट एक करोड रुपैयाँ आम्दानी गरेको गृहमन्त्री लामिछानेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रहरीका २८९ लेखापालको सरुवा, अब को कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका २८९ जना लेखापालहरुको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको …

प्रतिकृया दिनुहॊस