news

एनएमबी बैंकले ३३३ रुपैयाँमा एफपीओ ल्याउने

काठमाडौं । एनएमबी बैंकले प्रतिकित्ता ३३३ रुपैयाँमा थप निष्कासन (एफपीओ) ल्याउने भएको छ । बैंकले प्रतिकित्ता ३३३ रुपैयाँमा एफपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । चुक्तापुँजी बढाएर ८ अर्ब रुपैयाँ पुर्याउन १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो । बैंकले अंकित मूल्य १०० मा २३३ रुपैयाँ प्रिमियम थप गरेर एफपीओ निष्कासनको प्रस्ताव गरेको  वताएकाे छ । यस मूल्यमा एफपीओ ल्याउदा ३ अर्ब …

पुरा पढ्नुहॊस »

भरतपुर महानगरमा आजदेखि फुटपाथमा व्यापार गर्न नपाइने

चितवन । चितवनको भरतपुर महानगरपालिकामा आजदेखि फुटपाथमा व्यापार बन्द हुने भएको छ । बजारमा निकै अस्तव्यस्तता बढेपछि महानगरका मुख्य बजार क्षेत्रको ५०० मिटर दायाँबायाँ ठेला तथा फुटपाथका व्यवसाय संचालन गर्न महानगरपालिकाले रोक लगाएको वताएकाे छ । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको अध्यक्षतामा गत जेठ ७ गते बसेको बैठकले लायन्सचोकदेखि पुल्चोक हुँदै नारायणगढ बसपार्क, मिलनरोड, शहीदचोक, बेलचोक एवं मुख्य राजमार्गदेखि ५०० मिटर भित्रसम्म, बजार क्षेत्र, फुटपाथ र ठेला व्यवसायलाई पूर्णरुपमा निषेध …

पुरा पढ्नुहॊस »

आज गणतन्त्र दिवसकाे १० वर्ष पूरा, जनताका सपना अपुरा

काठमाडौं । आज मुलुकभर गणतन्त्र दिवस मनाइदैछ । २०६५ सालमा संविधानसभाको पहिलो बैठकबाट स्थापित गणतन्त्र आजदेखि ११ औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा देशभर विभिन्न कार्यक्रम गरी मनार्इंदैछ । २०६२/०६३ सालमा भएको जनआन्दोलनले मुलुकमा शताब्दीऔं लामो राजतन्त्रलाई अन्त्य गर्दै मुलुकमा गणतन्त्र स्थापना गरेको थियो । यस्तै अाराेह र अवराेहका वीच २०६४ सालको चैत्रमा सम्पन्न संविधानसभा निर्वाचन तथा त्यसपछि बसेको संविधानसभाको पहिलो बैठकले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको …

पुरा पढ्नुहॊस »

प्रताप दासको ‘झरी जस्तै माया’ ” बोलको गीत सार्वजनिक

काठमाडौं ।नेपाल आइडलका तेश्रो विजेता प्रताप दासले आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन् । ‘झरी जस्तै तिम्रो माया’ बोलको गीतमा निर्मला उप्रेतीले प्रतापलाई स्वरमा साथ दिएकी छन् ।

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकका ग्राहकलाई भारतको अपोलो अस्पतालमा १० प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले भारत स्थित इन्द्रप्रस्थ अपोलो अन्तराष्ट्रिय अस्पतालले दिने विभिन्न सेवामा ५ देखि १० प्रतिशत सम्म छुट पाउने छन् ।उक्त सम्भौतापत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट बैंकको भारतको सम्पर्क कार्यालयका प्रमुख ज्वाला शर्मा र इन्द्रप्रस्थ अपोलो अन्तराष्ट्रिय अस्पतालको तर्फबाट कार्यकारी निर्देशक अशोक बाजपाईले हस्ताक्षर गरेका छन्  । यस बैंकबाट डेबिट/क्रेडिट कार्ड लिएका बैंकका ग्राहक एवं कर्मचारीले उक्त अस्पतालमा उपचार गराउँदा सो मात्राको छुट पाउने भएका छन् । …

पुरा पढ्नुहॊस »

कैद माफी पाएपछि जेलबाट छुटे बालकृष्ण ढुंगेल

काठमाडौं । द्वन्द्वकालीन मुद्दामा जेल परेका बालकृष्ण ढुंगेल रिहा भएका छन् । ढुंगेल मंगलबार बिहान डिल्लीबजार कारागारबाट छुटेका हुन् । गणतन्त्रको अवसरमा सरकारले ढुंगेलसँगै अन्य ८१६ कैदी–बन्दीको कैद मिनाह गर्न सिफारिस गरेको थियो । राष्ट्रपतिले सरकारको सिफारिस अनुमोदन गरेसँगै ढुंगेल रिहा भएका हुन् । ढुंगेललाई स्वागत गर्न मंगलबार बिहानै नेकपाकी केन्द्रीय सदस्य देवी खड्का, विद्यार्थी, युवा संगठनका नेताहरु डिल्लीबजार कारागार पुगेका थिए । समर्थकले उनलाई माला लगाएर स्वागत गरे भने …

पुरा पढ्नुहॊस »

टेलिकमले ल्यायो पुनः ‘मिस्ड कल एलर्ट’ सेवा

काठमाडौं । नेपाल टेलिकमले मिस्ड कल एलर्टसेवालाई पुनः सञ्चालन गर्ने भएको छ । गणतन्त्र दिवस २०७५ को अवसरमा कम्पनीले  भोलि भोलिदेखि सेवा पुनः सञ्चालनमा ल्याउने भएको छ ।यो सेवा शुभारम्भ भए पश्चात् सेवाग्राहीको नम्बर व्यस्त भएको अवस्थामा, नेटवर्क नभएको अवस्थामा र स्वीच अफ भएको अवस्थामा कसैको कल आएमा पछि त्यसको वारेमा एसएमएस मार्फत नोटिफिकेसन आउनेछ ।जीएसएम पोष्टपेड तथा पि्रपेड मोबाइलमा यो सेवा उपलब्ध हुनेछ । सेवा शुभारम्भ गर्नको लागि उपभोक्ताले …

पुरा पढ्नुहॊस »

पूर्वाञ्चल लुब्रीक्यान्टस आयलले आफ्नो उत्पादनको उत्कृष्ठ बीक्री वितरण गर्ने

काठमाडौं। पूर्वाञ्चल लुब्रीक्यान्टस आयलले आफ्नो उत्पादनको उत्कृष्ठ बीक्री वितरण गर्ने रिटेलर लाइ सात दिने थाईल्याण्ड भ्रमणमा लगेको छ । यस्तो खाले भ्रमण पूर्वाञ्चल लुब्रीक्यान्टसले प्रत्तेक बर्ष लैजाने गरेको छ । यस पटकको विदेश भ्रमणमा कुल ९ जना रीटेलरहरु सहभागिता जनाएका छन् । २०६० सालदेखि उत्पादनको राम्रो विक्री वितरण गर्ने डिलरहरुलाई लगिएको हो । उनीहरु जेठ १४ देखि १९ गतेसम्म थाईल्याण्डको भ्रमणमा रहने र स्वदेश फिर्ता हुने आयलको पब्लीक रिलेसन डिपार्टमेन्टले …

पुरा पढ्नुहॊस »

गण्डकी विकास बैंकको शाखा रत्नचोकमा

पोखरा। गण्डकी विकास बैकको पोखरा स्थित रत्नचोक शाखाको एक  समारोहका बिच औपचारिक उद्घाटन भएको छ । उक्त शाखाको उद्घाटन प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले छन् । शाखा उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री गुरुङ्गले अहिलेको यात्रा समृद्घिको यात्रा रहेको र यसलाई पुरा गर्न बैक तथा वित्तीय संस्थाहरु विच सहकार्य गरेर अगाडी बढ्नुपर्ने बताए । अहिलेको प्राथमिकता पर्यटन, उर्जा कृषि र उद्योग व्यापार रहेको र बैंकहरुले पनि यी क्षेत्रहरुलाई प्राथमिकता …

पुरा पढ्नुहॊस »

 मिना ढकाल अब फिल्म निर्माण र अभिनय तिर

काठमाडौं । दुईवटा गीत रेकर्ड गरेर गायिकाको रुपमा चिनिएकी  मिना ढकाल अब फिल्म निर्माण र अभिनय तिर लाग्ने भएकी छिन । ढकालले नारीप्रधान लभस्टोरी फिल्म बनाउन लागेको बताएकी छिन। फिल्ममा मेन रोल ढकालकै हुने बताइन।फिल्ममा  लगानी एक करोड भन्दा बढी हुनेछ ।मिनाले आर्यन शर्मासँग मिलेर यो फिल्म निर्माण गर्न लागेकी हुन् । फिल्मको लेखन तथा निर्देशन आर्यनले गर्नेछन् । फिल्मको सुटिङ इलाम, दार्जिलिङ लगायतका स्थानमा हुनेछ ।कलाकारहरु भने कोही पनि फाइनल भएका छैनन् ।

पुरा पढ्नुहॊस »