news

अनुहारको चाउरीपनबाट जोगाउने महत्वपूर्ण टिप्सहरु

पाकेको केरालाई पेस्ट बनाएर अनुहारमा दल्नुहोस र आधा घन्टापछि मन तातो पानीले अनुहार धुदा अनुहारमा निखार आउनुका साथै चाउरी पर्नबाट जोगाउँछ । घ्युकुमारीको रस निकालेर निमित अनुहारमा दल्नुहोस् । यसमा हुने विशेष प्रकारको एसिडले अनुहारको छालाको कोषलाई बलियो बनाउँछ र समयमै च्याउरी पर्न वा धोल्लो हुनबाट बचाउछ ।  मह र  दुधलाई मनतातो पानीमा मिसाउने र यो पेस्टलाई अनुहारमा दल्ने । दश मिनेटपछि अनुहार धुँदा अनुहारको छालामा निखारता आउनुका साथै छाला …

पुरा पढ्नुहॊस »

नेपाल लाइफ इन्स्योरेन्स र एभरेष्ट बैंकबीच बैंकासुरेन्स सम्झौता

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र एभरेष्ट बैंक लिमिटेडबीच बैंकासुरेन्स सम्बन्धि सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकातर्फबाट प्रमुख कर्पोरेट मार्केटिङ पवनकुमार खड्का र एभरेष्ट बैंक लिमिटेडकातर्फबाट नायब महाप्रबन्धक केशवराज पौडेलले एक कार्यक्रमबीच हस्ताक्षर गरेका थिए । सम्झौतासँगै अब एभरेष्ट बैंक लिमिटेडका नेपालभर रहेका सबै शाखाहरूबाट बैंकका ग्राहकहरूले छिटो छरितो तथा सहज रूपमा बीमालेख प्राप्त गर्न र बीमा शुल्क भुक्तानी गर्न सहज हुने जानकारी दिएइको छ …

पुरा पढ्नुहॊस »

सलमान खानलाई पाँच बर्षको जेल सजाय

एजेन्सी । भारतीय अभिनेता सलमान खानलाई ५ वर्षको जेल सजाय सुनाइएको छ । कालो हरिणको शिकार गरेको मुद्दामा उनलाई जोधपुर अदालतले बिहिबार सो सजाय सुनाएको हो । सजाय सुनाएसँगै सलमानलाई जोधापुरको केन्द्रीय कारागार लगिएको छ । उनका वकिलहरु उनको धरौतीमा रिहाको अपिल गर्दै उच्च अदालत पुगेका छन् ।

पुरा पढ्नुहॊस »

जावलाखेलमा यामाहा मिनी मेला

काठमाडौं । यामाहाको आधिकारिक विक्रेता रिसिक अटोमोबाइल्स प्रालिले नयाँ वर्ष २०७५ को अवसरमा ललितपुरको जावलाखेलमा यामाहा मिनी मेला आयोजना गरेको छ । चैत्र २१ गतेदेखि चारदिनसम्म चल्ने मिनी मेलामा यामाहाका सबै मोडेलका मोटरसाइकल तथा स्कुटरहरु खरिदका लागि उपलब्ध हुनुका साथै ‘एट दी स्पट’ फाइनान्सको व्यवस्था रहेको छ । मेलामा कुनै पनि ब्रान्डको मोटरसाइकल र स्कुटरको एक्सचेन्जमा न्युनतम २५ हजार रुपैयाँ न्युनतम मूल्यांकन पाउनुहुनेछ ।यामाहा मोटरसाइकल वा स्कुटरको खरिदमा ग्राहकले निःशुल्क …

पुरा पढ्नुहॊस »

शिखर इन्स्योरेन्सको संस्थापक सेयर ६० प्रतिशत

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर घटेर ६० प्रतिशत कायम हुने भएको छ । कम्पनीको   बसेको सञ्चालक समिति बैठकले संस्थापक सेयर घटाउने र साधारण सेयर बढाएर ४० प्रतिशत पुर्याउने निर्णय गरेको छ । १० प्रतिशत संस्थापक सेयर साधारणमा परिणत हुने कम्पनीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

जीवनमा कहिल्यै हार नमानेका स्टेफन हकिन्स

सन १९४२ मा बेलायतको अक्सफोर्डमा जन्मिएका स्टेफन हकिन्स पढाइमा अब्बल थिए । उनका बुबा फ्र्याङ्क हकिन्स पनि जीवविज्ञानका अन्वेषक थिए भने आमा इसोबेलले अर्थशास्त्र पढेकी थिइन । हकिन्सको बाल्यकालको रुचि बोर्ड गेममा थियो । हकिन्स र उनका केही मिल््ने साथीहरूले मिलेर नयाँ गेमको सिर्जना गरेका थिए । किशोरावस्थामै उनले अवधाराणात्मक गणितीय समीकरणका लागि साथीभाईसँग मिलेर थोत्रा पार्टबाट कम्प्युटरसमेत बनाएका थिए । १७ वर्षको हुँदा हकिन्स अक्सफोर्ड विश्वविद्यालयको युनिभर्सिटी कलेजमा भर्ना …

पुरा पढ्नुहॊस »

कैलाश विकास बैंकको शाखा पाल्पामा

काठमाडौं । कैलाश विकास बैंक लिमिटेडले पाल्पा जिल्लाको दम्कडामा आफ्नो ४५ औँ शाखा स्थापना गरेको छ । एक समारोहकाबीच उक्त शाखाको उद्घाटन प्रतिनिधि सभा सदस्य सोमप्रसाद पाण्डेले गरेका बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए । उनका अनुसार नयाँ शाखासहित बैंकको शाखा संख्या ४५ पुगेको छ । एटीएमको संख्या २२ पुगेको छ ।

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई र नेपाल मेडिसिटी अस्पतालबीच सम्झौता, स्वास्थ्य सेवामा बैंकका ग्राहकले १० प्रतिशत छुट पाउने

काठमाडौं । ग्लोबल आइएमई बैंक र नेपाल मेडिसिटी अस्पतालबीच सम्झौता भएको छ । सम्झैतापत्रमा ग्लोबल आइएमई बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल बीच हस्ताक्षर  गरेका छन् । उक्त  सम्झौतापश्चात अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न नेपाल मेडिसिटी अस्पतालमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट क्रेडिट र डेबिट कार्ड लिएका बैैंकका ग्राहक तथा बैंकका कर्मचारी एंव कर्मचारीका परिवारले हस्पिटलले प्रदान गर्ने सेवामा १० प्रतिशतसम्म छुट प्रप्त गर्ने व्यवस्था छ । यद्मपि, औषधी, उपभोग्य वस्तु, …

पुरा पढ्नुहॊस »

८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताको डाटा चोरी

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले ८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताको डाटा चोरी भएको स्वीकारेको छ । बीबीसीले उल्लेख गरेअनुसार डाटा चोरी हुनेमा ११ लाख बेलायती छन् । यसअघि क्रिस्टोफर बिलीले पाँच करोडको डाटा चोरी भएको खुलासा गरेका थिए । तर, फेसबुकका संस्थापक मार्क जुकरबर्गले पत्रकार सम्मेलन गरी ८ करोड ७० लाख व्यक्तिको डाटा चोरी भएको जानकारी दिएका हुन् ।   बीबीसीका अनुसार ‘दिस इज योर डिजिटल लाइफ’ भनिने प्रश्नोत्तर …

पुरा पढ्नुहॊस »

च्याम्पियन्स लिगमा रोनाल्डोले गरे उत्कृष्ट गोल

काठमाडौं । क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्स लिगकै उत्कृष्ट मध्येका एक गोल गरेका छन् । उनको बाइसाइकल किक गोलसँगै रियल मड्रिडले क्वार्टरफाइनलको पहिलो लेगमा युभेन्टसमाथि ३-० को सहज जित निकालेको छ । युभेन्टसको घरेलु मैदान ट्युरिनमा खेलमा रियलले तेस्रो मिनेटमा नै रोनाल्डोको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा युभेन्टसले बराबरी गोल गर्ने अवसर खेल फाल्यो ।   ६४ औं मिनेटमा रोनाल्डोले उत्कृष्ट गोल गरे । इस्कोको पासमा उनले बाइसाइकल किक गोल गरे …

पुरा पढ्नुहॊस »