काठमाडौं । दुईवटा गीत रेकर्ड गरेर गायिकाको रुपमा चिनिएकी मिना ढकाल अब फिल्म निर्माण र अभिनय तिर लाग्ने भएकी छिन । ढकालले नारीप्रधान लभस्टोरी फिल्म बनाउन लागेको बताएकी छिन।
फिल्ममा मेन रोल ढकालकै हुने बताइन।फिल्ममा लगानी एक करोड भन्दा बढी हुनेछ ।मिनाले आर्यन शर्मासँग मिलेर यो फिल्म निर्माण गर्न लागेकी हुन् ।
फिल्मको लेखन तथा निर्देशन आर्यनले गर्नेछन् । फिल्मको सुटिङ इलाम, दार्जिलिङ लगायतका स्थानमा हुनेछ ।कलाकारहरु भने कोही पनि फाइनल भएका छैनन् ।
तपाईंको प्रतिकृया




