टेलिकमले ल्यायो पुनः ‘मिस्ड कल एलर्ट’ सेवा

काठमाडौं । नेपाल टेलिकमले मिस्ड कल एलर्टसेवालाई पुनः सञ्चालन गर्ने भएको छ । गणतन्त्र दिवस २०७५ को अवसरमा कम्पनीले  भोलि भोलिदेखि सेवा पुनः सञ्चालनमा ल्याउने भएको छ ।यो सेवा शुभारम्भ भए पश्चात् सेवाग्राहीको नम्बर व्यस्त भएको अवस्थामा, नेटवर्क नभएको अवस्थामा र स्वीच अफ भएको अवस्थामा कसैको कल आएमा पछि त्यसको वारेमा एसएमएस मार्फत नोटिफिकेसन आउनेछ ।जीएसएम पोष्टपेड तथा पि्रपेड मोबाइलमा यो सेवा उपलब्ध हुनेछ ।

सेवा शुभारम्भ गर्नको लागि उपभोक्ताले sub mca लेखेर १४०० मा एसएमएस गर्ने वा *1400#  डायल गर्नुपर्ने हुन्छ ।

नेपाल टेलिकमको जीएसएम मोबाइल फोन प्रयोगकर्ताहरुलाई हाल यो सेवा १५ दिनका लागि कम्पनीले निःशुल्क उपलब्ध गराउने  त्यसपछि भने मासिक रुपमा ५ रुपैयाँ शुल्क लाग्ने छ ।

यस्तैगरी गणतन्त्र दिवसकै अवसरमा कम्पनीले १८ रुपैयाँमै एक घण्टासम्म भ्वाइस, एसएमएस र डाटा चलाउन सकिने ‘अनलिमिटेड प्याक’ अफर ल्याएको छ ।

जीएसएम तथा सीडीएमए मोबाइल प्रयोगकर्ताले सो अफर उपभोग गर्न सक्ने छन् । प्रयोगकर्ताले एक घण्टासम्म कम्पनीको नेटवर्क भित्र जति पनि कल गर्न र एसएमएस पठाउन तथा डाटा चलाउन सक्नेछन् ।

त्यसैगरी १२ रुपैयाँमा कम्पनीको नेटवर्क भित्र १ सय २० वटा एसएमएस पठाउन सकिने ‘एसएमएस प्याक’ पनि ल्याएको छ । सो प्याक ५ दिन भित्र प्रयोग गरिसक्नु पर्नेछ । अनलिमिटेड प्याक र एसएमएस प्याक आज (जेठ १४ गते) देखि आगामी जेठ २८ गते सम्म खरिद गर्न सकिन्छ । प्याकेज खरिद गर्नका लागि 14158#  डायल गर्न सकिने जनाइएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

पूर्वाञ्चाल विश्वविद्यालयले गर्‍यो १३ कम्पनीसँग समझदारीपत्रमा हस्ताक्षर

धुलिखेल । विश्वविद्यालयबाट उत्पादित मानवश्रोत व्यवस्थापन, अनुसन्धानको क्षेत्रमा सहकार्य गर्न पूर्वाञ्चल विश्वविद्यालयले विभिन्न १३ कम्पनीसंग …

प्रतिकृया दिनुहॊस