आज गणतन्त्र दिवसकाे १० वर्ष पूरा, जनताका सपना अपुरा

काठमाडौं । आज मुलुकभर गणतन्त्र दिवस मनाइदैछ । २०६५ सालमा संविधानसभाको पहिलो बैठकबाट स्थापित गणतन्त्र आजदेखि ११ औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा देशभर विभिन्न कार्यक्रम गरी मनार्इंदैछ । २०६२/०६३ सालमा भएको जनआन्दोलनले मुलुकमा शताब्दीऔं लामो राजतन्त्रलाई अन्त्य गर्दै मुलुकमा गणतन्त्र स्थापना गरेको थियो ।

यस्तै अाराेह र अवराेहका वीच २०६४ सालको चैत्रमा सम्पन्न संविधानसभा निर्वाचन तथा त्यसपछि बसेको संविधानसभाको पहिलो बैठकले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । यो घोषणासँगै राजा ज्ञानेन्द्र शाहले नारायणहीटीबाट बिदा लिएका थिए । दोस्रो संविधानसभाले बनाएको संविधान अहिले कार्यान्वयनकाे क्रममा छ । संविधान कार्यान्वयन अनुरुपनै भएका तीन तहका निर्वाचनपछि मुलुकको राजनीतिक संक्रमणकाल पनि समाप्त भएकाे छ ।  गणतन्त्र स्थापना भएका १० वर्षपछि केहि परिवर्तन देखा परेतापनि जनताले गरेका अपेक्षा भने अझैं पुरा हुन सकेका छैनन् । जनताका सपना अपूरै छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

प्रवेशाज्ञा बिना नेपाल पसेका बंगलादेशी पक्राउ

काठमाडाैं ।  प्रवेशाज्ञा बिना नेपाली भूमिमा प्रवेश गरेको अभियोगमा दुई जना  बङ्गलादेशी नागरिक काँकडभिट्टाबाट पक्राउ परेका …

प्रतिकृया दिनुहॊस