एनएमबी बैंकले ३३३ रुपैयाँमा एफपीओ ल्याउने

काठमाडौं । एनएमबी बैंकले प्रतिकित्ता ३३३ रुपैयाँमा थप निष्कासन (एफपीओ) ल्याउने भएको छ । बैंकले प्रतिकित्ता ३३३ रुपैयाँमा एफपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । चुक्तापुँजी बढाएर ८ अर्ब रुपैयाँ पुर्याउन १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो । बैंकले अंकित मूल्य १०० मा २३३ रुपैयाँ प्रिमियम थप गरेर एफपीओ निष्कासनको प्रस्ताव गरेको  वताएकाे छ ।

यस मूल्यमा एफपीओ ल्याउदा ३ अर्ब ८० करोड १२ लाख रुपैयाँ प्राप्त हुनेछ । निष्कासन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोष रहेको छ । ७ वटा मर्चेन्ट बैंकरले एफपीओको प्रत्याभूति (अण्डरराइटिङ) गर्ने भएका छन् । ८ अर्ब रुपैयाँ पुँजी नपुर्याउन वाणिज्य बैंकलाई केन्द्रीय बैंकले निगरानीमा राखेको छ । चुक्तापुँजी ८ अर्ब रुपैयाँ नपुर्यापछि केन्द्रीय बैंकले एनएमबीको साधारणसभा रोकेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री