news

एकै दिन रक्तदान, सय किलोमिटर साइकल यात्रा र बन्जिजम्प हानेर अनौठो रेकर्ड

काठमाडौं । रक्तदान गरेर १ सय किलोमिटर साइकल यात्रा । त्यसमाथि बन्जी जम्प पनि । पोखराका प्रख्यात साइकल यात्री जितेन्द्रमान शाक्यले यस्तो साहसिक काम एकै दिन सम्पन्न गरेका छन् । साइकल यात्रामै रमाउँदै आएका शाक्यले बुधाबार राजधानीको बालकुमारीस्थित ब्लड बैंकमा विहान रक्तदान गरेर साइकल यात्रा सुरु गरेका थिए । उनको यात्रा १ सय किलोमिटर टाढाको भोटेकोशीस्थित द लास्ट रिसोर्टमा दिउँसो टुंगिएको थियो । त्यसलगत्तै उनले बन्जीजम्प समेत गरे । एकै …

पुरा पढ्नुहॊस »

नेपालमा लगानीका लागि विश्वका लगानीकर्ताहरुलाई ढकालको आग्रह

काठमाडौँ । नेपालका एकजना उद्योगपति तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा हाल स्थीर सरकार बनेको र लगानीको लागि सुरक्षित वातावरण निर्माण भएकोले नेपालका कैयौँ नयाँ क्षेत्रहरुमा लगानी गर्न विश्वका लगानीकर्ताहरुलाई आग्रह गर्नुभएको छ । स्वीट्जरल्याण्डको जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम संगठनको १०७ औँ सत्रलाई बिहीबार सम्बोधन गर्दै उहाँले नेपालमा लामो राजनीतिक संक्रमण र अस्थिरतापछि स्पष्ट बहुमतको सरकार निर्माण भई राजनीतिक स्थायित्व प्राप्त भएको भन्दै लगानीका नयाँ र कैयौँ …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा नेपाल स्काउट ज्याम्बोरीको उद्घाटन सम्पन्न

नुवाकोट।प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अव विकाश उन्मुख राष्ट्र रहन नसक्ने स्पष्ट पारेका छन् । नेपाल स्काउटको तेस्रो ज्याम्बोरीलाई सम्बोधन गर्दै ओलीले सुखी र समृद्ध नेपाल बनाउने सरकारको उद्देश्य रहेको बताए । नेपाल विकसित राष्ट्र बन्न स्काउट जस्तो अनुशासित र क्रियाशिल संस्थाको महत्वपूर्ण भूमीका रहने बताए । उनले सरकार युवाहरुको पक्षमा रहेको भन्दै युवाको सर्वोपरी विकाशमा काम गर्ने धारणा व्यक्त गरे । आफु वाल्यकालमा स्काउट रहेको स्मरण गर्दै उनले स्काउटहरु …

पुरा पढ्नुहॊस »

“किरानामा” कुमारी बैंकको महाबचत योजना

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना मोबाइल बैंकिङ सेवा लिने ग्राहकहरुलाई merokirana.com  बाट अनलाइन अर्डर मार्फत सामान खरिद गर्दा १० प्रतिशत सम्मको क्यास ब्याक (नगद फिर्ता) योजना ल्याएको छ । “कुमारी महाबचत योजना” मार्फत कुमारी बैंकको मोबाइल बैंकिङ सेवा लिने ग्राहकहरुले अनलाइन सामान खरीद गर्दा १० प्रतिशतसम्म क्यास ब्याक पाउने छन् । काठमाडौं उपत्यका भित्र लागु हुने यो योजनामा किरानाले काठमाडौंको चक्रपथ भित्रको क्षेत्रमा Free Home Delivery को व्यवस्था पनि मिलाएको …

पुरा पढ्नुहॊस »

योगदानमा आधारित पेन्सनः कर्मचारीको कुन–कुन सुविधा काटिन्छ ?

काठमाडौं । सरकारले साउन १ गतेबाट नियुक्त हुने सरकारी कर्मचारीका लागि योगदानमा आधारित निवृत्तिभरण (पेन्सन) लागू गर्ने घोषणा गरिसकेको छ । आर्थिक वर्ष २०७५/७६ को बजेटमार्फत नै घोषणा भएकाले अब यसलाई कार्यान्वयन गर्न कानुन बन्दैछ । संघीय निजामती कर्मचारीसम्वन्धी विधेयक तयार भएको छ, यो कानुन मन्त्रालयमा सहमतिका लागि पुगेको छ । यो विधेयक संसदले पास गरेपछि बजेटमार्फत भएको योगदानमा आधारित पेन्सन लागू हुनेछ । यसले २०७५ साउन १ गतेबाट नियुक्त …

पुरा पढ्नुहॊस »

सामाजिक जनचेतनामुुलक कार्यक्रममा माछापुच्छ्रे बैंक को सहकार्य

काठमाडौं । माछापुच्छ्रेबैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा यहि मिति २०७५ साल जेष्ठ १६ गते क्यान्सर काउन्सिल नेपाल सँगको सहकार्यमा जनचेतनामुुलक कार्यक्रम आयोजना गरेको छ । काठमाण्डौं स्थित भि. एस. निकेतनमा अध्यनरत करिव ३५० भन्दा बढी विधार्थीहरुको उपस्थितिमा वातावरणीय प्रभाव, सूूर्तीजन्य पदार्थको नकारात्मक प्रभाव, क्यान्सर रोग तथा मुुटुु रोगको प्रभाव सम्बन्धि साक्षरता कार्यक्रमको आयोजना गरेको छ । साथै बैंकले वित्तिय साक्षरता कार्यक्रम गर्दै देश विकाशमा बाणिज्य बैंकको भुुमिका तथा …

पुरा पढ्नुहॊस »

मञ्जुश्री फाइनान्सले ६ प्रतिशत बोनस दिँदै

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले ६ प्रतिशत बोनस सेयर दिने वताएकाे छ । याे फाइनान्सले कर प्रयोजनको लागि ०.३२ प्रतिशत (अर्थात ४ करोड ३४ लाख रुपैयाँ) नगद लाभांश दिने प्रस्ताव गरेको जानकारी दिएकाे छ । साे प्रस्ताव हालै सम्पन्न संस्थाको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । उक्त फाइनान्सले हाल कायम रहेको चुक्ता पुँजीमा बोनस वितरण गर्न लागेको …

पुरा पढ्नुहॊस »

लाेवर इखुवाखोला जलविद्युत आगामी कात्तिकबाट निर्माणमा जाने

काठमाडाै । लाेवर इखुवाखोला जलविद्युत आयोजना आउँदाे कात्तिकबाट निर्माणमा जाने भएको छ । भोजपुरको इखुवाखोलामा बन्ने आयोजनाको आवश्यक लगानी जुटाएर काम सुरु गर्न लागिएको कम्पनीले वताएकाे छ। अहिले आयोजना स्थलमा पहुँचमार्ग पुर्याउने काम धमाधम  भइरहेको लोवर इखुवाखोला हाइड्रो पावर कम्पनीका अध्यक्ष कुमार पाण्डेले जानकारि दिएका छन् ।  पाण्डेका अनुसार आयोजनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणको काम पूरा भइसकेकाे छ । कम्पनीका अनुसार विद्युत विकास विभागबाट १४.१५ मेगावाटमा निर्माण गर्ने अनुमति …

पुरा पढ्नुहॊस »

सुन काण्डका फरार अभियुक्त एसएसपी श्याम खत्रीले गरे आत्मसमर्पण

बिराटनगर । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएर फरार रहेका  एसएसपी श्याम खत्रीले अाज आत्मसमर्पण गरेका छन् । उनले जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका हुन् । खत्रीकाे खोजीमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा डिफ्यूजन नोटिस समेत जारी भएको थियो । प्रकरणमा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’ ले खत्री विमानस्थलमा रहने बेलादेखि एक किलो सुन पास गराउँदा ५० हजार लिने गरेको बयान दिएका थिए । गोरेले सुन तस्करीमा सघाउने प्रहरीलाई …

पुरा पढ्नुहॊस »

कानुन मन्त्री तमाङ्गद्वारा मनोज राउत कुर्मी सम्मानित

काठमाण्डौ । ११ औं गणतन्त्र दिवस २०७५ को शुभ अवसरमा फोक्स नेपाल संस्थाद्वारा आयोजित “ समृद्धिका लागि सहकार्य, राष्ट्रका निम्ति अपरिहार्य ” बिषयक बिचार गोष्ठि, स«ष्टा सम्मान तथा बिशेष स“ास्कृतिक समारोह कार्यक्रमको आज नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजना गरयो । सो बिशेष सम्मान कार्यक्रमका प्रमुख अतिथी कानुन मन्त्री शेर बहादुर तमाङ्गले नेपाल भन्सार एजेण्ट महासंघका केन्द्रिय सदस्य मनोज राउत कुर्मी लगायतका महानुभावहरुलाई बिशेष सम्मान गर्नु भएको थियो । उक्त कार्यक्रममा …

पुरा पढ्नुहॊस »