भरतपुर महानगरमा आजदेखि फुटपाथमा व्यापार गर्न नपाइने

चितवन । चितवनको भरतपुर महानगरपालिकामा आजदेखि फुटपाथमा व्यापार बन्द हुने भएको छ । बजारमा निकै अस्तव्यस्तता बढेपछि महानगरका मुख्य बजार क्षेत्रको ५०० मिटर दायाँबायाँ ठेला तथा फुटपाथका व्यवसाय संचालन गर्न महानगरपालिकाले रोक लगाएको वताएकाे छ ।

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको अध्यक्षतामा गत जेठ ७ गते बसेको बैठकले लायन्सचोकदेखि पुल्चोक हुँदै नारायणगढ बसपार्क, मिलनरोड, शहीदचोक, बेलचोक एवं मुख्य राजमार्गदेखि ५०० मिटर भित्रसम्म, बजार क्षेत्र, फुटपाथ र ठेला व्यवसायलाई पूर्णरुपमा निषेध गर्ने निर्णय गरेको थियो । अटेर गरी सामान राखेको पाइएमा जफत गर्ने महानगरपालिका स्राेतले वताएकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- सम्बन्ध सबै समाप्त, योभन्दा अपराध अरु केही हुन सक्दैन

काठमाडौं । सुदुरपश्चिमको मन्त्रीमण्डल बिस्तारपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले चर्को असन्तुष्टि पोखेका छन् । मंगलबार साँझ उनले सामाजिक सञ्जालमा लगातार स्टाटस लेख्दै असन्तुष्टि पोखेका हुन् ।

प्रतिकृया दिनुहॊस