जिराभावानीमा १ सय ५० परिवारलाई सुधारिएको चुलो वितरण

वीरगंज ।   पर्सा जिल्लाको जिराभावानी गाउँपालिकामा १ सय ५० गरिव तथा विपन्न वर्गका परिवारलाई सुधारिएको चुलो वितरण गरिएको छ ।
गाउँपालिकालाई धुवाँमुक्त बनाउने र गरिव तथा विपन्न वर्गका परिवारलाई सहयोग पुर्याउने उद्देशले सोमबार आयोजित एक कार्यक्रम विच वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले जिराभावानी गाउँपालिकाको वडा नं. ५ का १ सय ५० गरिव तथा विपन्न वर्गको परिवारलाई सुधारिएको चुलो वितरण गरेको हो ।
जिराभवानी गाउँपालिकाका अध्यक्ष रामप्रित महतोको अगुवाईमा चुलो वितरण गरिएको हो । धुवाँ नआउने तथा एक ठाउँबाट अर्को ठाउँसम्म लैजान सजिलो चुलो वितरण गरेर गाउँलाई नै धुवाँमुक्त बनाउन अभियानमा गाउँपालिका लागेको महतोको भनाइ छ ।
उक्त गाउँपालिकामा अन्य वडामा पनि सुधाारिएको चुलो छिटै वितरण गरिने अध्यक्ष महतोले बताए । सुधारिएको चुलोले दाउराको खपत समेत कम गर्न महत्वपूर्ण हुने जनाइएको छ ।
कार्यक्रममा जिराभावानी गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत अमित गिरि, गाउँपालिका न्यायिक समीतका सदस्य राधेसरण थारु, स्थानीय अगुवा श्रीजगन गौरोलयातको उपस्थिति रहेको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सामसङले नेपालमा ल्यायो ग्यालेक्सी एम १५ ५जी

काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एम१५ ५जी लन्च गर्ने औपचारिक घोषणा गरेको छ । ग्यालेक्सी …

प्रतिकृया दिनुहॊस