कोशीको मुख्यमन्त्रीमा आफैंलाई निरन्तरता दिन माग गर्दै केदार कार्की सर्वोच्च अदालतमा

काठमाडौं । कोशीको मुख्यमन्त्रीमा आफैंलाई निरन्तरता दिन माग गर्दै केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

प्रदेश प्रमुखले बुधबार साँझ मुख्यमन्त्रीका लागि आह्वान गरेका थिए। बिहीबार सर्वोच्च अदालतमा सुनुवाइ बन्द छ । उता कोशीमा भने एमालेका हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन् । सपथ गराउने कार्यक्रम तय भइसकेको छ ।

आफू संविधानको धारा १६८ को उपधारा ५ अनुसारको मुख्यमन्त्री भएकाले आफू नै मुख्यमन्त्रीमा निरन्तर काम गर्न पाउनु पर्ने र अब अर्को सरकार बनाउन नमिल्ने केदार कार्कीको माग छ ।

यता सत्ता गठबन्धनले भने केदार कार्की एक महिनादेखि अल्पमतमा रहेको र विश्वासको मत लिनु समय पनि गुजारी सकेकाले उनी पदमुक्त भइसकेको भन्दै अर्को सरकार गठन गरिसकेको छ ।

रिटमा कार्कीले प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गरे पनि त्यसलाई बदर गर्न माग गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री