काठमाडौं । एनआईसी एशिया बैंकले एकैसाथ चार शाखाको उद्घाटन गरेको छ । बैंकले गौरीगञ्ज नगरपालिका वडा नं. ३, झापा स्थित गौरीगञ्ज शाखा, कनकाई नगरपालिका वडा नं ३, झापास्थित सुरुङ्गा शाखा, ठाकुरबाबा नगरपालिका, वडा नं. १, बर्दियास्थित भुरीगाँउ शाखा र राप्ती गाउँपालिका वडा नं ५, दाङ्गमा स्थापित सिसहनिया शाखाको उद्घाटन गरेको हो ।
मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको एनआईसी एशिया बैंकले हाल २२५ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा गरिरहेको छ ।
प्रतिकृया दिनुहॊस