news

ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवा १०० पुग्यो

काठमाडौं । ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवा एक सय वटा पुगेको छ । सोमबार सुनसरी जिल्लाको बराह नगरपालिका – ५ कालाबन्जरमा सेवा सुरु गरेसँगै बैंकको शाखारहित बैंकिङ्ग १०० पुगेको हो ।                           १०० औँ शाखा रहित बैंकिङ्ग सेवाको उद्घाटन सुनसरी जिल्लाको बराह नगरपालिका – ५ कालाबन्जर की १०५ वर्षीया ज्येष्ठ नागरिक अनुरुपा बिष्ट तथा ग्लोबल आइएमई बैंक …

पुरा पढ्नुहॊस »

मुस्ताङ दुर्घटनाका परिवारलाई पाँच-पाँच लाख दिने सरकारको घोषणा

काठमाडौं । सरकारले मुस्ताङमा टिपर दुर्घटनामा परी मृत्यु भएका परिवारलाई पाँच-पाँच लाख रुपैयाँ दिने घोषणा गरेको छ। गृहमन्त्री रामबहादुर थापा बादलले अाज प्रतिनिधिसभालाई घटनाबारे जानकारी गराउँदै मृतकका परिवालाई पाँच लाख लिने बताएका हुन्। टिपरमा ३२ जना सवार भएको  तथा २० जनाको मृत्यु भएको थापाले वताउँदै घाइतेहरुको पोखराको मणिपाल अस्पतालमा उपचार भइरहेको जानकारी दिए। उनले घाइतेहरुको अवस्था चिन्ता मुक्त रहेको उल्लेख गरे।

पुरा पढ्नुहॊस »

खानेपानी मन्त्रीले यसाे भनिन

काठमाडौँ । खानेपानी मन्त्री बिना थापा मगरले स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकार संविधानले सुनिश्चित गरेको भएतापनि खानेपानीका लागि पनि धेरै जनताले संघर्ष गरिरहनुपरेको वताइन । विनियोजन विधेयकमाथिको छलफलमा संसद सदस्यहरुले उठाएको प्रश्नको जवाफ मन्त्री मगरले आधारभूत खानेपानीको पहुँच तीन वर्षभित्र पुर्‍याउने लक्ष्य किटान गरेर सरकारले कार्यक्रम अघि बढाएको बताइन् । मन्त्री मगरले “मुलुकमा सञ्चालनमा रहेका खानेपानी आयोजनाको गुणस्तर सुधार गर्ने कार्यक्रम तीव्ररुपमा अघि बढिरहेको छ, भूकम्प प्रभावित क्षेत्रका जनतालाई …

पुरा पढ्नुहॊस »

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको प्रेम लुकाछिपीमै सकियो

काठमाडौं । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको प्रेम लुकाछिपीमै सकिएको छ । डेजाभु क्लबका संचालक मयंक खड्कासितको लामो  प्रेमलाई उनले पूर्णविराम दिएकी हुन् ।चलचित्र इन्टु मिन्टु लण्डनमाको छायांकनका लागि दोश्रो पटक लण्डन उडेपछि साम्राज्ञी र मयंकविच खटपट आएको चर्चा चलेको  थियो । तर, यसको सुरुवात भने त्यस अगाडि नै भएको थियो । डेजाभु क्लबमा तोडफोड भएपछि प्रहरीले यसका संचालकहरुलाई समातेको थियो । सो समयमा मयंक पनि एक रात जेल परेका थिए । सोही …

पुरा पढ्नुहॊस »

जापानमा बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ८९ पुग्यो

जापान ।  पश्चिमी जापानमा अबिरल वर्षासंगै आएको बाढी पहिरोका कारण मृत्युको संख्या  ८९ पुगेको छ । ५० जनाभन्दा बढी हराइरहेका छन् । प्रभावित क्षेत्रहरुमा स्थिती भयाबह बनेपछि आत्मरक्षा दल, प्रहरी तथा अग्नि नियन्त्रक कर्मचारीहरु गरि ४८००० जना खटाइएको थियो, अहिले सो संख्या बढाएर ५४००० पुर्याइएको  छ । उद्धारमा समुद्री तटरक्षकहरुलाई समेत समावेश गराइएको छ । प्रभावित क्षेत्रका ४ लाख भन्दा बढी मानिसहरुलाई सुरक्षित स्थान तर्फ सारिएको छ ।

पुरा पढ्नुहॊस »

मिना ढकालको तीजको गीत सार्बजनिक

काठमाडौँ ।गायिका  मिना ढकालको “यो तीजै रमाइलो” गीत सार्बजनिक  भएको छ । स्वर तथा शब्द ढकालको आफ्नै रहेको गीतको  म्यूजिक भिडियोमा समेत मुख्य अभिनय गरेकी छिन् ।

पुरा पढ्नुहॊस »

आज देशभर मौसम बदली हुने

काठमाडौं । आज देशभर मौसम बदली हुने  जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको मध्य र पश्चिमी क्षेत्रका केही स्थानहरुमा भने आज भारी वर्षाको सम्भावना भएकाले नदी तथा खोला किनार, तटीय क्षेत्रका तथा पहिरोको जोखिम रहेका क्षेत्रका बासिन्दा सचेत हुनु पर्ने मौसमविदले बताएका छन् । आजजस्तै देशका पूर्व र पश्चिम क्षेत्रका केही स्थानमा भोलि पनि भारी वर्षाको सम्भावना छ ।

पुरा पढ्नुहॊस »

लक्ष्मी बैंकले जडान गर्यो १४ थान सोलार

काठमाडौँ । लक्ष्मी बैंक लि. तथा लक्ष्मी बैंक लि. को सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापित लक्ष्मी केयर्सको संयुक्त आयोजनामा बाराको महागढीमाई नगरपालिका बरियारपुरमा रहेको विश्वप्रसिद्ध गढीमाई मन्दिरमा सोलार जडान गरेको छ । बैंकले २०लाखको लागतमा १४ थान सोलार जडान गरी हस्तनान्तरण गरेको छ । गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले मन्दिर परिसरमा आयोजना गरिएको एक कार्यक्रममा लक्ष्मी बैंकका डायरेक्टर विश्वकर्ण जैनले उक्त सोलार हस्तनान्तरण गरे । महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवले …

पुरा पढ्नुहॊस »

फिल्म ‘चक्कर’को दोस्रो प्रोमो रिलिज

काठमाडौँ ।  अपराधिक विषयमा आधारित फिल्म ‘चक्कर’को दोस्रो प्रोमो रिलिज भएको छ । अनुष्का रौनियार निर्देशित फिल्ममा अर्पण थापा, एभोनराज उप्रेती, सिर्जना सुब्बा, ऋचा शर्मा, भोलाराज सापकोटा र स्मृति पोखरेलको अभिनय छ।  साउन ४ गते रिलिज हुने फिल्ममा संगम पन्त/पुष्पका पलाञ्चोकेको संगीत र निर्देशक रौनियारकै कथा, पटकथा तथा सम्पादन छ ।

पुरा पढ्नुहॊस »

सांग्रिला डेभलपमेन्ट बैैंकको दुुई शाखा पोखरामा

पोखरा। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पोखराको लेखनाथ स्थित तालचोक र पोखराको हल्लनचोक लेकसाईडमा आफ्नो थप दुुई शाखाको उद्घाटन गरेको छ । तालचोक शाखाको उद्घाटन प्रदेश नं. ४ का आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले गरेका थिए ।                             उक्त अवसरमा मन्त्री गुरुङले प्रदेश नं. ४ पर्यटन ब्यवसायको लागि प्रचुुर सम्भावना बोकेको प्रदेश रहेकोले देशकै आर्थिक समृद्धीको …

पुरा पढ्नुहॊस »