एनएमबी बैंकले १५ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । एनएमबी बैंकको थप निष्कासन (एफपीओ) खरिद गर्ने लगानीकर्ताले १५ प्रतिशत बोनस सेयर पाउने भएका छन् ।
बैंकको  ३५९ औं सञ्चालक समिति बैठकले एफपीओ बाँडफाँडपछि चुत्तापुँजी अर्थात ७ अर्ब ६० करोड ३२ लाख ९० हजार रुपैयाँ पुग्ने र सोको १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृति र वार्षिक साधारणसभाबाट पारित भएपछि बोनस सेयर दिने बैंकले स्पष्ट पारेको छ । बैंकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १ अर्ब १४ करोड ४ लाख ९३ हजार रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव गरेको जानकारी दिएकाे छ ।

साे बैंकले चुत्तापुँजी बढाउन १ अर्ब १४ करोड १५ लाख १६ हजार रुपैयाँ बराबरको एफपीओ निष्कासन गरेको छ । एफपीओका लगानीकर्ताले समेत बोनस सेयर पाउने भएपछि बैंकको चुत्तापुँजी बढेर ८ अर्ब ७४ करोड ३७ लाख रुपैयाँ पुग्ने वतार्इएकाे छ । बैैंकले गत आर्थिक वर्ष २०७३/०७४ मा एक अर्ब ५१ करोड १३ लाख ८६ हजार रुपैयाँ नाफा कमाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सामसङले नेपालमा ल्यायो ग्यालेक्सी एम १५ ५जी

काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एम१५ ५जी लन्च गर्ने औपचारिक घोषणा गरेको छ । ग्यालेक्सी …

प्रतिकृया दिनुहॊस