news

अपडेट ः अपहरित बालकको फिरौती बार्गेनिङका क्रममा हत्या

काठमाडौं । आइतवार बेलुका ८ बजे काँडाघारीस्थित चमेलीले सञ्चालन गरेको चिया पसलबाट अपहरण गरी लगिएका बालकको फिरौती बार्गेनिङका क्रममा नै हत्या गरिएको थियो । हत्या भएका बालक निशानकी आमा चमेली काँडाघारीमा खाजा पसल चलाउँथिन् । सिन्धुपाल्चोक, ज्यामिरे घर भएका उनका श्रीमान गणेश खड्का रोजगारीको सिलसिलामा मलेसियामा छन् । निशान कक्षा ६ मा अध्ययनरत थिए । चिया पिउन आएका दुईजना युवाले बालकलाई लगेको खुलेपछि परिवारले प्रहरीलाई राति नौ बजे नै खबर …

पुरा पढ्नुहॊस »

हनुमन्ते खोलाले बगाउँदा एक जनाको मृत्यु

काठमाडौं । हनुमन्ते खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ ।  हनुमन्ते खोलामा आएको बाढीले बगाएर पहिचान खुल्न नसकेका १६ वर्षीय किशोरको मृत्यु भएको  हो ।  उनको शवलाई भक्तपुर नगरपालिका-१ सल्लाघारीस्थित डा. इवामुरा मेमोरियल अस्पताल नजिकैबाट निकालिएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी रेवतीरमण पोखरेलले जानकारी दिए ।

पुरा पढ्नुहॊस »

कल्पना भण्डारीको ‘ऎलेको तिज ’ गीत सार्वजनिक

काठमाडौं ।   संचारकर्मी तथा गायिका कल्पना भण्डारीको तीज गीत ‘ऎलेको तिज’ सार्वजनिक भएको छ । नेपाली नारीहरुको महान पर्व तीज नजिकिदै गर्दा भण्डारीले ऎलेको तिज बोलको तीज गीत बजारमा ल्याएकी हुन् ।

पुरा पढ्नुहॊस »

काँडाघारीबाट अपहरित बालकको हत्या

काठमाडौं । आइतबार साँझ काठमाडौंको काँडाघारीबाट  ११ वर्ष वर्षीय बालक निशान खड्काको  अपहरण भएकाे थियाे । अाज हत्या भएको पत्ता लागेकाे छ । ठिमी नगरपालिकामा एउटा घरभित्र हत्या गरिएको अवस्थामा खड्काको शव भेटिएको हो । सोमबार दिउँसो १२ बजे ती वालककाे शव भेटिएको महानगरीय अपराध अनुसन्धान महाशाखाले वताएकाे छ । अपहरणकारीले खड्काको परिवारसँग ३० लाख रूपैयाँ फिरौती माग गरेका थिए ।  

पुरा पढ्नुहॊस »

भक्तपुरमा प्रहरी इन्काउन्टरमा दुई अपहरणकारी मारिए

काठमाडौं । आइतबार साँझदेखि  एक बालक अपहरणमा  परे । साेही ‍११ वर्षीय बालकको खोजीमा जुटेको प्रहरी र अपहरणकारीबीच मुठभेड हुँदा दुई जना अपहरणकारीको मृत्यु भएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले डोलेश्वरमा अपहरणकारीमाथि गोली चलाएपछि अजय तामाङ तथा गोपाल तामाङको मृत्यु भएको  प्रहरीले जनाएकाे छ । महानगरीय अपराध अनुसन्धान महाशाखाकाका अनुसार घटनास्थलबाट एउटा पेस्तोल, दुर्इ राउण्ड गोली र बालकको परिवारलाई धम्क्याउन प्रयोग भएको मोबाइल बरामद भएको छ । उता अपहरित ११ …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैँक लि. को शाखा स्थानान्तरण

महालक्ष्मी विकास बैँक लि.ले यहि श्रावण २१ गतेदेखि गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुरामा आफ्नो सेवा सञ्चालनमा ल्याएकोे छ । उक्त शाखा रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ६ बाट स्थानान्तरण भई सूर्यपुरामा सञ्चालनमा आएको हो । बैँकको यस शाखाले स्थानीय स्तरमा उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता बैँकले जनाएको छ । देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ७३ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक …

पुरा पढ्नुहॊस »

क्रिकेट टोली स्वदेश आइपुग्यो

काठमाडौं । पहिलो पटक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलेको नेपाली टोली अाज बिहान नेपाल आइपुगेको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव केशवकुमार विष्ट र क्रिकेट समर्थकहरुले एयरपाेर्टमा स्वागत गरेका थिए । सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न नेदरल्याण्डबाटै वेष्ट इण्डिज गएका थिए । नेपाली टोली नेदरल्यान्ड्सविरुद्ध डेब्यू सहित दुईवटा एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेर स्वदेश फर्केको हो । याे  टोली साउन २ गते युरोप भ्रमणमा निस्केको थियो । …

पुरा पढ्नुहॊस »

काठमाडौंको काँडाघारीबाट ११ वर्षीय बालकको अपहरण

काठमाडौं । काठमाडौंको काँडाघारीबाट ११ वर्षीय बालक निशान खड्का अपहरणमा परेका छन् ।  स्थानीय चमेली खड्काकी छोरा निशान आइतबार साँझ घरबाटै अपहरणमा परेका हुन् । अपहरणकारीले सोमबार बिहान बालकको परिवारसँग ४० लाख रुपैयाँ माग गरेको छ । घटनाको अनुसन्धानका लागि हाल काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेल, भक्तपुर प्रहरी परिसरका एसपी हिमालय श्रेष्ठ लगायत घटनास्थलमा खटिएका छन् ।

पुरा पढ्नुहॊस »

बुवाले गरे १२ वर्षीया छोरीको बलात्कार

सुर्खेत । भेरीगंगा नगरपालिका ५ सानो हात्तिखालमा ११ वर्षकी वालिकाको बलात्कार भएको छ । सौतेनी बुवाले शनिबार दिउँसो बाख्रा गोठालो गएकी छोरीलाई घर सफा गर्नको लागि बोलाएर बलात्कार गरेको इलाका प्रहरी कार्यालयले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य उपचारको लागि मेहेलकुना अस्पतालमा राखिएको छ । प्रहरीले  सौतेनी  बुवालाई नियन्त्रणमा लिइ हिरासदमा राखेको छ ।

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकको नाफा ३४ प्रतिशतले

काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो नाफा ३४.०५ प्रतिशतले बढाएको छ । बैंकले गत आर्थिक बर्ष २०७४।७५ मा आफ्नो नाफा ४७ करोडले बढाएर एक अर्ब ८५ करोड नाफा आर्जन गर्न सफल भएको हो । जुन अघिल्लो आर्थिक बर्ष २०७३।७४ मा एक अर्ब ३८ करोड नाफा कमाउन सफल भएको थियो । अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले १ खर्ब १ अर्ब निक्षेप संकलन गरेको छ जुन अघिल्लो बर्षको भन्दा २४ अर्बले बढी हो …

पुरा पढ्नुहॊस »