क्रिकेट टोली स्वदेश आइपुग्यो

काठमाडौं । पहिलो पटक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलेको नेपाली टोली अाज बिहान नेपाल आइपुगेको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव केशवकुमार विष्ट र क्रिकेट समर्थकहरुले एयरपाेर्टमा स्वागत गरेका थिए ।

सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न नेदरल्याण्डबाटै वेष्ट इण्डिज गएका थिए । नेपाली टोली नेदरल्यान्ड्सविरुद्ध डेब्यू सहित दुईवटा एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेर स्वदेश फर्केको हो । याे  टोली साउन २ गते युरोप भ्रमणमा निस्केको थियो । नेपालले नेदरल्यान्डविरुद्धको एक दिवसीय श्रृखंलामा १–१ बराबरी गरेको थियो । दोस्रो खेलमा नेपालले नेदरल्यान्डमाथि १ रनको रोमाञ्चक जित हात हाँसिल गरेकाे थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपालको लगातार तेस्रो हार, वेस्ट इन्डिजलाई एक खेल अगावै सिरिज उपाधि

काठमाडौँ । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा पराजित भएको छ । विहिबार …

प्रतिकृया दिनुहॊस