काठमाडौं । हनुमन्ते खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ । हनुमन्ते खोलामा आएको बाढीले बगाएर पहिचान खुल्न नसकेका १६ वर्षीय किशोरको मृत्यु भएको हो । उनको शवलाई भक्तपुर नगरपालिका-१ सल्लाघारीस्थित डा. इवामुरा मेमोरियल अस्पताल नजिकैबाट निकालिएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी रेवतीरमण पोखरेलले जानकारी दिए ।
तपाईंको प्रतिकृया




