अपडेट ः अपहरित बालकको फिरौती बार्गेनिङका क्रममा हत्या

काठमाडौं । आइतवार बेलुका ८ बजे काँडाघारीस्थित चमेलीले सञ्चालन गरेको चिया पसलबाट अपहरण गरी लगिएका बालकको फिरौती बार्गेनिङका क्रममा नै हत्या गरिएको थियो ।

हत्या भएका बालक निशानकी आमा चमेली काँडाघारीमा खाजा पसल चलाउँथिन् । सिन्धुपाल्चोक, ज्यामिरे घर भएका उनका श्रीमान गणेश खड्का रोजगारीको सिलसिलामा मलेसियामा छन् । निशान कक्षा ६ मा अध्ययनरत थिए ।

चिया पिउन आएका दुईजना युवाले बालकलाई लगेको खुलेपछि परिवारले प्रहरीलाई राति नौ बजे नै खबर गरे । परिवारले बालक हराएको सूचना पाइसकेपछि उता अपहरणकारी युवाले उनका परिवारसँग फिरौतीको बार्गेनिङ थालिसकेका थिए ।

पसलमा आएर दुई पटक चिया पिएका उनीहरुले बालकलाई उठाएपछि उनकी आमासँग ४० लाख रुपैयाँ फिरौतीबाट बार्गेनिङ सुरु गरेका थिए । राति पटक पटक फोन गरेर उनीहरुले बालककी आमासँग फिरौती बार्गेनिङ गरिरहँदा बालकको पनि ज्यान लिने धम्की दिएका थिए ।

राति दुई पटक फोन गरेर उनीहरुले ४० लाख रुपैयाँबाट सुरु गरेको बार्गेनिङपछि फोन गरेको सिमकार्ड फ्यालेका थिए । फिरौती बार्गेनिङ गर्नका लागि उनीहरुले पहिलो सिम फ्यालेपछि दोस्रो सिमको प्रयोग गरेका थिए ।

अपहरणकारीले प्रयोग गरेको सिमकार्डका आधारमा उनीहरु बसेको स्थान खोज्दै जाने क्रममा ठिमी नगरपालिका वडा नम्बर–७ नगदेशस्थित श्याम लवटको निर्माणाधीन घरको गारोसँगै खाल्डो खनिएको अवस्थामा बालकको शव भेटिएको हो । तर, त्यहाँ शव रहेकोबारेमा प्रहरीलाई कसले जानकारी दियो भन्ने खुल्न सकेको छैन । हत्यामा संलग्न भनिएका गोपाल र अजय तामाङ भागेर घ्याम्पेडाँडा पुगेको प्रहरीको दाबी छ ।

बालकको शव नगदेशमा भेटिएको अवस्थामा हत्यामा संलग्न भनिएका गोपाल र अजय त्यहाँबाट भाग्दै पाइलट बाबाको आश्रमतर्फ जाने भक्तपुरकै घ्याम्पे डाँडास्थित जंगलमा पुगेको दाबी प्रहरीले गरेको छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

मनसुन सक्रिय भएन, अत्यधिक गर्मीको सम्भावना

काठमाडौँ । यही असार ६ गतेसम्म देशका मध्य तथा पश्चिमी तराईका भू–भागमा मनसुन सक्रिय नहुँदा …

प्रतिकृया दिनुहॊस