news

चितवनमा बस र ट्रक ठोक्किदाँ,४ को मृत्यु, १७ घाइते

चितवन । पूर्वपश्चिम राजमार्गको रत्ननगर नगरपालिका–१०, भानुचोकमा गएराति भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ । १७ जना घाइते छन् । पूर्वबाट नारायणगढतर्फ आउँदै गरेको ना५ख ५९४१ नम्बरको ट्रक र काठमाडौँबाट काँकडभिट्टातर्फ जाँदै गरेको मकालु यातायातको ना ६ ख १७४१ नंम्बरको बस एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो । मृत्यु हुनेमा ट्रकका चालकद्धय रौटहट चन्द्रपुर नगरपालिका–२ का ३४ वर्षीय मोहन घिसिङ र सोही ठाउँका ३० वर्षीय बुद्धिमान लामाको घटनास्थलमा मृत्यु भएको …

पुरा पढ्नुहॊस »

नेपाल–भारत सीमा सर्भे : नदीनालाले सीमा छुट्याएको ठाउँमा विवाद

काठमाडौं । नेपाल–भारतबीचको अन्तर्राष्ट्रिय सीमा सर्वेक्षणमा नदीनालाले एक तिहाइभन्दा बढी सीमा क्षेत्रमा समस्या उत्पन्न भएको छ । नदीले छुट्याएको ठाउँमा सीमा कायम गर्न समस्या भएको नापी विभागको सीमा शाखाका प्रमुख नापी अधिकृत कृष्णप्रसाद सापकोटाले बताए । नेपाल–भारत सिमानाको १ हजार ८ सय ८० किलोमिटर लम्बाइमध्ये करिब ६ सय ४० किलोमिटर सीमा नदीनालाले छुट्याएका छन् । ठूला तीन र साना ५४ गरी ५७ नदीनालाले नेपाल–भारत सीमा छुट्याउँछन् । महाकालीले छुट्याएको २ सय …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकको शाखारहित बैंकिङ्ग सेवा तनहुँको जामुने बजारमा

काठमाडौं । एनआईसी एशिया बैंकको शाखारहित बैंकिङ्ग सेवा तनहुँको जामुने बजारमा आफ्नो सोह्रौं शाखारहित बैंकिङ्ग सेवासंचालनमा ल्याएको छ । बैंकले म्याग्दे गाउँपालिकाको जामुने बजारमा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईका उपाध्यक्षसुक नारायण मल्लज्यूको उपस्थितिमा सम्पन्न गरे।उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा बैंकले  रोविन श्रेष्ठलाई नियुक्त गरेको छ । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा …

पुरा पढ्नुहॊस »

उत्कृष्ट फोटो प्रर्दशनी,अठार हजारले अवलोकन गरे

काठमाडौं । फोटो पत्रकार क्लब (पिजे क्लब) ले आयोजना गरेको आइएमई–ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७५ मा छानिएका उत्कृष्ठ तस्बिरहरूको प्रदर्शनी सकिएको छ । फोटो प्रदर्शनीमा करिब  १८ हजार दर्शकले अवलोकन गरे । प्रदर्शनी  काठमाडौंको नेपाल आर्ट काउन्सिल, बबरमहलमा साउन १६ गते देखि २१ सम्म ६ दिन चलेको थियो ।  राजनीतिकर्मीदेखि कलाकार, साहित्यकार, पेशाकर्मी, विद्यार्थी, पत्रकार लगायतका विभिन्न क्षेत्रका दर्शकहरूले प्रदर्शनी अवलोकन गरेका थिए । फोटो प्रदर्शनीमा #experienceNepal कल्चर एन्ड टुरिजम, नेपाल …

पुरा पढ्नुहॊस »

संचारकर्मी गीता अधिकारीको शब्द र सारिकाको आवाजमा तिज गीतको भिडियो सार्वजनिक

काठमाडौं ।  संचारकर्मी गीता अधिकारीको शब्द र सारिकाको आवाजमा तिज गीतको भिडियो सार्वजनिक भएको छ । पृथक शब्द अनि सामाजिक कुरीतीहरुलाई चिर्दै देखावटी तिज मनाउनेहरुलाई सन्देशमुलक छ । गीतको भिडियोमा नायिका भुवन चन्द, नायिका चैत्यदेवी, हास्य सम्राज्ञी बसुन्धरा भुसाल, नायिका रुपा राना, सारिका घिमिरे लगायतकाको अभिनय रहेको छ । वल्र्ड कभर मिडिया प्रा.लि.को पोष्ट प्रोडक्सन रहेको गीतको भिडियोमा मनिता गहतराजको नृत्य निर्देशन, राम सिंह भाटको सह सम्पादन रहेको छ ।

पुरा पढ्नुहॊस »

प्रियंकाले इनगेजमेन्टको रिङ्ग लुकाएपछि

नयाँ दिल्ली । अभिनेत्री प्रियंका चोपडा अमेरिकी संगीतकर्मी तथा अभिनेता जोनससँग इनजेगमेन्ट गरेपछि उनी पहिलो पटक दिल्ली आएकी  छिन् । तर , विमानस्थलबाट बाहिरिने क्रममा प्रियंकाले आफ्नो औँलामा रहेको इनगेजमेन्टको औँठी फुकालेर गोजीमा लुकाइन् । प्रियंकाले इनगेजमेन्ट रिङ्ग लुकाएको कुरा उनी विमानस्थलबाट बाहिरिँदै गर्दा खिचिएको भिडियोमा देखिएको छ । प्रियंका सिंगापुरमा निक जोनसको कन्सर्टमा सहभागी भएर दिल्ली आएकी हुन् ।

पुरा पढ्नुहॊस »

प्रधानन्यायाधीश सिफारिश गर्न भोलि संवैधानिक परिषद्को बैठक

काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिश गर्न संवैधानिक परिषद्को बैठक बुधबार बस्ने भएको छ। यसअघि परिषद्ले जेठ २९ गते न्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीशमा सिफारिश गरेको थियो। संसदीय सुनुवाइ समितिले उनलाई अस्वीकृत गरिदियो। फागुन ३० गते प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएपछि सर्वोच्च नेतृत्वविहीन भएको छ। बहालावाला न्यायाधीशमध्ये ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर राणा प्रधानन्यायाधीशका दाबेदार हुन्। प्रधानन्यायाधीश हुन सर्वोच्च अदालतमा तीन वर्ष काम गरेको हुनुपर्छ। यी दुई जनाबाहेक बाँकी न्यायाधीशले सर्वोच्चमा काम गरेको …

पुरा पढ्नुहॊस »

सर्पको टोकाइबाट सुर्खेतमा किशोरीको मृत्यु

सुर्खेत । सुर्खेतमा सर्पको टोकाइबाट एक किशोरीको मृत्यु भएको छ । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–१० जामुकी १४ वर्षीया हरिकला उपाध्यायको बिहान शौचालय गएका बेला सर्पले टोकेर मृत्यु भएको हो । सर्पले टोकेपछि गाउँमै झारफुक गर्दा उनको मृत्यु भएको स्थानीयले बताएका छन् । बाढी पीडित विस्थापित शिविरमा बस्दै आएकी हरिकला स्थानीय जनज्योति आधारभुत विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिइन् ।

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकको शाखा सिन्धुलीको कमलामाईमा

काठमाडौं । मुक्तिनाथ विकास बैंकको शाखा  सिन्धुलीको कमलामाईस्थित धुराबजारबाट औपचारीक रुपमा कारोबार सुरु गरेको छ । उक्त शाखाको समुद्घाटन कमलामाई नगरपालिकाका मेयर खड्ग वहादुर खत्रीले गरेका छन् । मुक्तिनाथ विकास बैंकले देशैभरी आफ्ना ९५ वटा शाखा, १५ वटा ए.टि.एम. र तीन लाख पचहत्तर हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग, लघुवित्त बैंकिङ्ग र ग्रामीण बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स,आस्वा, ए.टि.एम.कार्ड सेवा,साथै …

पुरा पढ्नुहॊस »

धादिङको गजूरी र गल्छीमा एनआईसी एशिया बैंकका नयाँ शाखा

काठमाडौँ । एनआईसी एशिया बैंकले धादिङको गजुरी र गल्छीमा आफनो थप नयाँ शाखाहरु संचालनमा ल्याएको छ । बैंकको धादिङको गजुरी शाखाको उद्घाटन गजूरी गाँउपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले उद्घाटन गरेका छन् ।  त्यस्तै, गल्छी गाँउपालिका वडा नं ७मा स्थापित शाखाको उद्घाटन गल्छी गाँउपालिकाका अध्यक्ष कृष्ण हरी श्रेष्ठले गरेका छन् । यससँगै एनआईसी एशिया बैंकको शाखा संख्या २३४ पुगेको छ । यसबाहेक, २२४ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १६ वटा शाखा रहित बैंकिङ्ग ईकाई …

पुरा पढ्नुहॊस »