काठमाडौंको काँडाघारीबाट ११ वर्षीय बालकको अपहरण

काठमाडौं । काठमाडौंको काँडाघारीबाट ११ वर्षीय बालक निशान खड्का अपहरणमा परेका छन् ।  स्थानीय चमेली खड्काकी छोरा निशान आइतबार साँझ घरबाटै अपहरणमा परेका हुन् ।

अपहरणकारीले सोमबार बिहान बालकको परिवारसँग ४० लाख रुपैयाँ माग गरेको छ । घटनाको अनुसन्धानका लागि हाल काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेल, भक्तपुर प्रहरी परिसरका एसपी हिमालय श्रेष्ठ लगायत घटनास्थलमा खटिएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री