news

सिप्रदीले ल्यायो युवालक्षित योजना, १२ लाखमै टाटा सुमो

काठमाडौँ । सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडले युवालाई लक्षित गरि निःशुल्क तालिम र रुटको व्यवस्था सहितको टाटा सुमोगोल्ड जिप नेपाली बजारमा ल्याएको छ । सिप्रदीले ड्राइभिङ र मेकानिकल तालिम, सुलभ फाइनान्स, १ वर्षको बीमाको सुबिधा दिने वताएकाे छ । सुरुमा १२ लाख रुपैयाँ बुझाएपछि सुमो दिने कम्पनीले जनाएको छ । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता सिप्रदीले आफ्नो गाडी आफै सवारी नामक व्यबसायिक अभियान सुरु गरेको हो । सो …

पुरा पढ्नुहॊस »

काठमाडौंको बागमती किनारका सुकुम्बासी बस्ती डुबानमा

काठमाडौं ।अबिरल वर्षाका कारण काठमाडौंको बागमती किनारमा रहेका सुकुम्वासी वस्ती,ललितपुर र भक्तपुरका केही क्षेत्र डुबानमा परेका छन् । शान्तिनगरका १५–२० घर डुबानमा परेको प्रहरीले जनाएको छ ।सो क्षेत्रमा विपत व्यवस्थापनको टोली परिचालन गरिएको छ ।त्यस्तै बल्खुको सुकुम्बारी बस्तीमा दुई–तीन घर डुबेका र पाँच–छ घर जोखिममा परेका छन् । त्यस्तै गरी, ललितपुरको भैंसेपाटीस्थित बिगमार्ट सपिङ सेन्टरमा पनि गोदावरी खोलाको वाढीका कारण पानी पसेको छ । स्थानीय प्रहरीको सहयोगमा सपिङ सेन्टरका सामानहरु …

पुरा पढ्नुहॊस »

देशैभर अत्यधिक वर्षा, बाढी पूर्वानुमान शाखाले सतर्क रहन तोकिएका स्थान यी हुन्

काठमाडौं । अार्इतवार रातिबाट देशभर अत्यधिक वर्षा भएकाे छ। आज पनि देशैभर वर्षाको सम्भावना रहेको बाढी पूर्वानुमान शाखाले जानकारी दिएकाे छ। शाखाले देशभरका नदीहरुको बहाव बढ्ने भएकोले सतर्क रहन अनुरोध गरेको छ। देशैभर मध्यम बर्षाको संभावना छ र आज प्राय नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानूमान छ। कन्काई, कमला, बागमती लगायतमा बहाब आज दिउंसो सम्म सतर्कता आसपास हुने संभावना छ भने दाङ, बांके, बर्दिया, कैलाली, सुर्खत, झापा, मोरङ, सुनशरी, सिन्धुली जिल्लामा …

पुरा पढ्नुहॊस »

माछापुछ्रे बैंक लिमिटेडद्वारा एम्बुलेन्स हस्तान्तरण कार्यक्रम

काठमाडौं । माछापुछ्रे बैंक लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व एवं भोजपुर कोट सेवा समाज र कोट वासीहरुको सक्रियतामा खरिद गरिएको एम्बुलेन्सलाई माछापुछ्रे  बैंक र भोजपुर कोट सेवा समाजले संयुक्त कार्यक्रम आयोजना गरी मिति २०७५ साल श्रावण १९ गते हस्तान्तरण गरियो । उक्त कार्यक्रममा बैंकका तर्फबाट सञ्चालकद्वय जय मुकुन्द खनाल र राम मान श्रेष्ठले भोजपुर कोट सेवा समाजका अध्यक्ष राज बहादुर राई र टेम्केमैयुङ गाउँँपालिका वडा नं. ७ का वडाध्यक्ष उद्धव कुमार …

पुरा पढ्नुहॊस »

अपडेटःजाजरकोटमा पहिरोले दुई घर परिँदा ८ जनाको मृत्यु, एकजना बेपत्ता

जाजरकोट । जाजरकोटको सदरमुकाम खलंगामा अाइतबार बिहान गएको पहिरोले घर पुरिदा मृत्यु हुनेको संख्या ८ पुगेको छ । एक जना घाइते छन् भने एकजना बेपत्ता छन् । मृत्यु हुनेमा २५ वर्षीया शिततला लुहार, उनका छोरीहरु ९ वर्षीया भावना परियार, ६ वर्षीया रञ्जना परियार , ३ वर्षीया मनिसा परियार,१३ वर्षीय नरेन्द्र परियार, ११ वर्षीय नवीन परियार रहेका छन् । त्यसैगरी नलगाड १ डाँडागाउँका १० वर्षीय दशरथ परियारको मृत्यु भएको छ भने …

पुरा पढ्नुहॊस »

सांग्रिला डेभलपमेन्ट बैैंकको शाखा मोरङको टंकी सिनुुवारीमा

काठमाडौं ।  सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मोरङ जिल्लाको टंकी सिनुुवारीमा आफनो थप नयाँ शाखा सञ्चालन गरेको छ । बैंकले श्रावण १८ गते देखि उक्त शाखाको विधीवत रुपमा उद्घाटन गरि कारोवार शुभारम्भ गरेको हो । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुुटी गर्भनर चिन्तामणी शिवाकोटी तथा बैंकका अध्यक्ष प्रा.डा. रबीन्द्र प्रसाद श्रेष्ठले संयुुक्त रुपमा गरेका गरे ।   यस शाखा शुभारम्भ पश्चात विकास बैंकको कुल शाखा संख्या ५४ पुगेको छ भने अन्य …

पुरा पढ्नुहॊस »

मेगा बैैंक र सानिमा लाईफ इन्स्योरेन्सबीच बैंक्यास्योरेन्स सम्झौता

काठमाडौं । अब मेगा बैंक लिमिटेडबाट सानिमा लाईफको इन्स्योरेन्सको बीमा सेवा पाइने भएको छ ।  दुई कम्पनीबीच भएको बैंक्यास्योरेन्स सम्झौता अनुसार ग्राहकहरुले मेगा बैकका सम्पुर्ण शाखाहरुबाट सानिमा लाईफ इन्स्योरेन्सको जीवन बीमा सेवा उपभोग गर्न सक्ने छन् । उक्त सम्झौतापत्रमा कम्पनीका तर्फबाट नायव महाप्रबन्धक केशवराज के.सी. तथा बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

पुरा पढ्नुहॊस »

माछापुच्छे बैंकको सेयर सबैभन्दा बढी कारोबार

काठमाडौं । माछापुच्छे बैंकको सेयर सबैभन्दा बढी कारोबार भएको छ । बैंकको करोड ८७ लाख १० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बैंकको ३ लाख ३५ हजार कित्ता सेयर कारोबार भएको छ ।

पुरा पढ्नुहॊस »

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर यस प्रकार रहेको छ । 2018-8-5                      Currency                                        Buy                          Sell

पुरा पढ्नुहॊस »

पूर्व सभासद कमल पंगेनीको निधन

काठमाडौं । नेपाली कांग्रेस स्याङ्जाका सभापति एवम् पूर्व सभासद कमल पंगेनीको निधन भएको छ । स्याङ्जाको बयरघारीस्थित आफ्नै निवासमा उनको निधन भएको हो । पंगेनीको निधन हृदयाघातका कारण  भएको पारिवारिक स्रोतले जनाएको छ । । गएराति खाना खाएर सुतेका उनी आइतबार बिहान गम्भीर अवस्थामा फेला परेका थिए । अस्पतालमा पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । उनी २०७० सालको संविधानसभामा स्याङ्जा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । उनका …

पुरा पढ्नुहॊस »