Tag Archives: mainnews

आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडाैँ । आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहीबार दिउँसो प्रदेश–१ को पहाडी भू–भागको एक/दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा र सो प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हिमपातको सम्भावना रहेको हो । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । आज राति सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । मौसमविद्का अनुसार हाल देशमा पश्चिमी न्यून …

पुरा पढ्नुहॊस »

एमसिसी संसदबाट पारित हुने कांग्रेस नेता निधिकाे विश्वास

नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधि एमसिसी संसदबाट पारित हुने विश्वास व्यक्त गरेका छन्। जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै नेता निधिले भने, “विगतमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालको एमसिसीका पक्षमा देखिएको सक्रियताले गर्दा पनि उहाँहरूले एमसिसी अनुमोदन गराउनुहुन्छ भन्ने विश्वास गर्न सकिन्छ।” एमसिसी पारित नभए देशको विश्वनियता नै नरहने भएकाले एमसिसी पारित गराउनुपर्ने बाध्यता रहेको उनको भनाइ थियो । एमसिसी बिजुलीको प्रशारण लाइनजस्ता …

पुरा पढ्नुहॊस »

कोरोना अपडेट: ६३९ जना संक्रमित थपिए, १६०० जना निकाे भए

नेपालमा पछिल्लो २४ घण्टामा ६३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ६ हजार ७८२ पीसीआर परीक्षणमा ५४८ जनामा र २ हजार ९७४ जनामा एन्टिजेन परीक्षण गर्दा १८५ जनामा संक्रमण देखिएको हो। मृत्यु हुनेकाे संख्या ३ रहेकाे छ। योसँगै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २५१ रहेको छ भने पछिल्लो २४ घण्टामा १ हजार ६०० जना डिस्चार्ज भएका छन्। काठमाडाैं उपत्यकामा २०१ जनामा संक्रमण पुष्टि भएको …

पुरा पढ्नुहॊस »

शेयर बजार : नेप्से १९ दशमलव ८४ अंकले घट्यो

आज शेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ। बजार प्रिओपनमा बढे पनि अन्त्यमा दोहोरो अंकले घटेर बन्द भएको हो । मंगलबार ५३ दशमलव ३० अंकले बढेको बजार आज १९ दशमलव ८४ अंकले गिरावट आएर २ हजार ७३४ दशमलव ४४ बिन्दुमा झरेको छ। बुधबार २३१ वटा घितोपत्रको ५६ लाख ५२ हजार १८२ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट ३ अर्ब २ करोड ६३ लाख ३० हजार ७८४ रुपैयाँ बराबरको …

पुरा पढ्नुहॊस »

शोक प्रस्ताव पारित गर्दै संसद् बैठक स्थगित, अर्काे बैठक शुक्रबार बस्ने

प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ। नयाँबानेश्वरस्थित संसद भवनमा बुधबार बसेको प्रतिनिधिसभा बैठकले जगतबहादुर ताजपुरिया, लक्ष्मीदास मानन्धर र डा. दमन सिंह थापाको निधनमा शोक प्रस्ताव पारित गरेको हो। शोक प्रस्ताव पारित गरेसँगै बैठक आउँदो शुक्रबार ६ गतेसम्मका लागि स्थगित गरिएको सभामुख सापकोटाले जानकारी दिए । बुधबारको बैठकमा पनि एमालेका सांसदहरुले नाराबाजी गरेका थिए ।

पुरा पढ्नुहॊस »

एमसीसीको विरोध गर्ने ५२ जना पक्राउ

अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा प्रदर्शन गर्ने ५२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएकाहरूलाई महेन्द्र पुलिस क्लब र उपत्यकाको विभिन्न प्रहरी कार्यालयमा राखिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता सन्तोषसिंह राठौरले जानकारी दिए । काठमाडौंको नयाँ बानेश्वर, विजुली बजार, माइतीघरलगायत क्षेत्रबाट उनीहरू पक्राउ परेका हुन्। प्रदर्शनकारीहरू माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा, नेकपा–क्रान्तिकारी, राप्रपालगायत पार्टीका नेता कार्यकर्ता रहेका छन्।

पुरा पढ्नुहॊस »

माओवादी सरकारबाट बाहिरिने, एमसीसीको विपक्षमा उभिने

काठमाडाै  । नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिने वताएकाे छ । माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना (एमसीसी) को विपक्षमा उभिने निर्णय गर्दै एमसीसी जबरजस्ती अघि बढाइएका खण्डमा विपक्षमा मतदान गर्ने र सरकारबाट बाहिरिने निर्णय गरेको हो । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बुधवार बसेको दलको बैठकले एमसीसी परियोजनाको विपक्षमा उभिने निर्णय गरेको हो । आज बस्ने संसद बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि माओवादीले एमसीसीको विपक्षमा उभिने निर्णय गरेको हो ।

पुरा पढ्नुहॊस »

एमालेले आज पनि संसद् अवरोध गर्ने

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले आज तय भएको प्रतिनिधिसभा बैठक अवरोध गर्ने भएको छ। बैठक दिउँसाे १ बजे बस्दैछ। एमालेले निस्काशन गरेका १४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै संसद् अवरोध गर्दै आएको एमालेले आज पनि निरन्तरता दिने भएको हो। एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले भने, ‘एमालेले निस्कासन गरेका १४ सांसदलाई सभामुखले कारबाही नगरेसम्म हाम्रो विरोध हिजो पनि थियो, आज पनि रहने छ।’ सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था …

पुरा पढ्नुहॊस »

आज संसद् बैठक बस्दै : यस्ताे छ सम्भावित कार्यसूची, के हाेला एमसीसी?

संघीय संसद् सचिवालयले बुधबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा एमसीसी प्रस्तावलाई समावेश गरिएको छैन। सचिवालयले मंगलबार सार्वजनिक गरेको बुधबार दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा शोक प्रस्ताव पेस गर्ने मात्र समेटिएको छ। बुधबारको बैठकमा एमसीसी टेबुल गर्ने भनिएका बेला सम्भावित कार्यसूचीमा भने नसमेटिएको हो। यद्यपि, सभामुख अग्निप्रसाद सापकोटाले बुधबारका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सो बैठकमार्फत प्रतिनिधिसभाको कार्यसूची परिवर्तन गर्न सकिने अवस्था भने रहेको छ।

पुरा पढ्नुहॊस »

सरकारले बढायाे सुरक्षा सतर्कता, उपत्यकामा बन्दकाे सामान्य प्रभाव

एमसिसी सम्झौताविरुद्ध ५ वटा कम्युनिस्ट पार्टी र एक मोर्चाले आज नेपाल बन्दको घोषणा गरेका छन्। आजकाे प्रतिनिधि सभाको बैठकमा एमसिसी टेबल हुने सम्भावना रहेको भन्दै ती दलहरुले बन्दको घोषणा गरेका हुन्। मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले देशव्यापी …

पुरा पढ्नुहॊस »