एनआइसीयुमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु

काठमाडौं । भारतको उत्तर प्रदेशको झाँसीस्थित लक्ष्मीबाइ मेडिकल कलेजको नियोनेटल इन्टेन्सिभ केयर युनिट (एनआइसियु) मा शुक्रबार राति आगलागी हुँदा कम्तीमा १० नवजात शिशुको ज्यान गएको छ ।

घटनामा अन्य ३७ शिशु घाइते भएका छन्, जसको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपमुख्यमन्त्री ब्रजेश पाठकका अनुसार, १८ शय्याको क्षमता रहेको एनआइसियुमा ४९ शिशु राखिएको थियो ।

आगलागीको मुख्य कारण विद्युत सर्ट भएको प्रारम्भिक अनुमान छ । राति करिब १०:४५ बजे एनआइसियुबाट धुवाँ निस्कँदा अलार्म बज्न थालेको थियो । धुवाँको मुस्लोका कारण तत्काल वार्डभित्र प्रवेश गर्न कठिनाइ भए पनि अग्निनियन्त्रकहरूले बाँकी ३७ शिशुको उद्धार गर्न सफल भएका थिए ।

झाँसीकी वरिष्ठ प्रहरी अधीक्षक (एसएसपी) सुधा सिंहका अनुसार मृतक १० शिशुमध्ये सातको पहिचान भइसकेको छ भने तीनको पहिचानका लागि प्रयास भइरहेको छ ।

मुख्यमन्त्री योगी आदित्यनाथले घटनाको गम्भीरता औंल्याउँदै १२ घन्टाभित्र विस्तृत प्रतिवेदन पेश गर्न निर्देशन दिएका छन् । घटनाले अस्पतालको सुरक्षा प्रणालीप्रति गम्भीर प्रश्न खडा गरेको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

डोजरकै अगाडि सुतेपछि गौशाला क्षेत्रबाट सुमन सायमीसहित चार जना नियन्त्रणमा

काठमाडौं । काठमाडौंको गौशाला क्षेत्रबाट सुमन सामयीसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं महानगरपालिकाले शुक्रबार दिउँसो गौशाला क्षेत्रका अतिक्रमित संरचनामा डोजर लगाएको थियो । डोजर लगाएको विरोधमा पुगेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । डोजर अगाडि उनी सुतेपछि प्रहरीले उठाएर झ्याइकुटी पार्दै गौशाला प्रहरी वृतमा पुर्‍याएका हुन् ।

प्रतिकृया दिनुहॊस