कानुनमन्त्री बडू भन्छन्- भोलिको संसद बैठकमा एमसीसी टेबल हुन्छ

काठमाडौं । बुधबार बस्ने प्रतिनिधि सभाको बैठकमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पेश हुने भएको छ । कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले भोलिको संसद बैठकमा एमसीसी टेबल हुने संकेत दिएका हुन् ।

नेपाली कांग्रेसको संसदीय दलको बैठक चलिरहँदा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बडूले सम्भवत: भोलिको सदनमा एमसीसी पेस हुने प्रतिक्रिया दिएका छन् । नयाँ बानेश्वर स्थित संसद भवनमा काँग्रेसको संसदीय दलको बैठक जारी रहेको छ भने सांसदहरुलाई पूर्वअर्थमन्त्री डा. रामशरण महतले एमसीसीबारे ब्रिफिङ गरेका छन् ।
काँग्रेस शुरु देखि नै एमसीसीको पक्षमा रहेको छ । यस अघि विपक्षमा हुदा पनि काँग्रेसले एमसीसी प्रस्ताव सरकारले ल्याएमा समर्थन गर्ने बताउदै आएको थियो । तर अहिले सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणामाथि महाअभियोग प्रस्ताव दर्ता गरेपछि भने यसलाई एमसीसीसँग जोडेर हेरिएको छ ।

सत्तारुढ गठबन्धन भित्र एमसीसी बारे विवाद बढेपछि गठबन्धन टुट्ने संघारमा पुगेका बेला प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउदै एमसीसी बारे सहमति गरिएको चर्चा चलिरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस