५३ दशमलव ३० अंकले बढ्यो नेप्से परिसूचक

मंगलबार (आज) शेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । सोमबार सामान्य अंकले बढेको बजार आज ५३ दशमलव ३० अंकले बढेर २ हजार ७५४ दशमलव २८ बिन्दुमा पुगेको छ ।

मंगलबार २२४ वटा घितोपत्रको ६३ लाख ४३ हजार २२८ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट ३ अर्ब २३ करोड ३३ लाख १८ हजार ६१४ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

मंगलबार १३ वटै समूहको परिसूचक बढेको छ । सबैभन्दा बढि फाइनान्स समूहको २ दशमलव ८५ अंकले बढेको हो ।

मंगलबार न्यादी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। कारोबार रकमको आधारमा हिमालयन डिष्टिलरी लिमिटेडको २२ करोड ७७ लाख ३९ हजार ४९० रुपैयाँ बराबरको शेयर खरिद विक्री भयो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री