फागुन ८ गते माओवादी केन्द्रकाे केन्द्रीय समिति बैठक बस्ने

नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र)ले फागुन ८ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ।

समसामयिक राजनीतिक विषय, पार्टी पदाधिकारी, स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय सदस्यको मनोनयनलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो।

माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक फागुन ८ र ९ गतेका लागि तय गरिएको छ। गत पुसमा आठौं महाधिवेशन गरेको माओवादीले अध्यक्ष र केन्द्रीय समितिको सङ्ख्या निर्धारण गरे पनि पदाधिकारी चयन गरेको छैन।

बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय, स्थानीय तहको निर्वाचनलगायतका विषयमा समेत छलफल गर्ने कार्यसूची निर्धारण गरिएको बताइएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री