काठमाडाैँ । एमसीसी अनुमोदन गर्ने पार्टीकाे निर्णयप्रति माओवादी केन्द्रका ५ नेताहरूले असहमति जनाएका छन् । नेताहरू नारायणकाजी श्रेष्ठ, देव गुरुङ, गिरिराजमणी पाेखरेल, लीलामणी पाेखरेल र कृष्णबहादुर महराले असहमति जनाएका हुन् । यद्यपि उनीहरूले लिखित असहमति भने जनाएका छैनन् । केन्द्रीय कार्यालयकाे विस्तारित बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्याख्यात्मक टिप्पणीसहित एमसीसीमा कांग्रेसलाई साथ दिनुपर्ने प्रस्ताव ल्याएपछि ५ नेताहरूले माैखिक असहमति जनाएका हुन् । नेता गिरिराजमणि पाेखरेलले भने- ‘हाम्राे माग भनेकाे …
पुरा पढ्नुहॊस »युक्रेन छाड्दै नेपाली : सय बढी पोल्याण्ड सीमामा, केहि स्लोभाकिया, हङ्गेरी र रोमानिया प्रवेश
काठमाडौं । युक्रेनबाट नेपालीको धमाधम उद्धार चलिरहेको छ । जर्मनीस्थित नेपाली दूतावासका अनुसार २२५ जना नेपाली निरन्तर सम्पर्कमा छन् । उनीहरुमध्ये एक सय नेपाली पोल्याण्ड सीमामा पुगेका छन् । १५ जना भने पोल्यान्ड पुगिसकेका दूतावासले विज्ञप्ति निकालेर जानकारी दिएको छ । त्यस्तै २३ जना स्लोभाकियाको सीमा क्षेत्रमा आइपुगेका छन् भने तीन जना स्लोभाकिया पुगिसकेका छन् । त्यस्तै हङ्गेरीमा दुई जना, रोमानियामा एक जना र दुई जना रोमानिया पुग्न बाटोमा छन् । …
पुरा पढ्नुहॊस »संसद् बैठक आज, अघि बढ्ला एमसीसी ?
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा एमसीसी सम्झौतामाथि छलफल हुने कार्यसूची छ । शनिबार संसद् सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा ‘एमसीसीमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस हुने उल्लेख छ । यसअघि लगातार दुईपटक सूचना टाँस गरेर स्थगित गरिएको बैठक आज बस्न लागेको हो । गएको आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गरिएको थियो । त्यसयता दलका शीर्ष नेताहरू एमसीसीमा …
पुरा पढ्नुहॊस »कस्तो रहला आजको मौसम ?
काठमाडौं । अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसमविदले बताएका छन् । दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वागमती प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ …
पुरा पढ्नुहॊस »आज नयाँ सन्देश दिन खोजेका थियौँ, तर सकेनौँ : सञ्चारमन्त्री कार्की
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित नेपाली कांग्रेसका नेता र एमालेका नेताबीच भएको भेटवार्ता बिनानिष्कर्ष टुङ्गिएको छ। एमालेले संसदमा जारी राखेको अवरोध हटाउने र संसदमा टेबल भएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सबैको सहमतिमा पारित गर्नेबारे नेताहरूबीच भएको छलफल निष्कर्षमा पुग्न नसकेपछि टोली बालकोटबाट बाहिरिएको हो । दुई पक्षबीच वार्ता सहमति हुने अवस्था सिर्जना भएको भए …
पुरा पढ्नुहॊस »एमालेले कारबाही गरेका १४ सांसदलाई निष्कासन नगरेसम्म संसद चल्दैन : बादल
नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले नेकपा एकीकृत समाजवादीमा लागेका १४ सांसदलाई संसदबाट हटाएको सूचना टाँस नगरेसम्म संसद् सुचारु हुन नदिने बताएका छन्। आसन्न निर्वाचनलाई केन्द्रित गरि एमाले सुर्खेतले आयोजना गरेको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखिकरणलाई सम्बोधन गर्दै उपाध्यक्ष थापाले यस्तो बताएका हुन्। देश र जनताको लागि राम्रो काम गरेकै कारण एमाले एकातर्फ र अरु सबै दल अर्काेतर्फ ध्रुवीकृत भएको कार्यक्रममा उपाध्यक्ष थापाले दावी गरे। एमाले विगतको एकीकृत पार्टी नेपाल …
पुरा पढ्नुहॊस »महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्रमा सफाइ
महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्रको वाग्मती किनार एवं सम्पदा क्षेत्रमा सफाइ गरिएको छ। पशुपति क्षेत्रको आर्यघाट, वाग्मती किनार एव हंसमण्डप वरपर सफाइ गरिएको हो। फागुन १७ गते महाशिवरात्रि पर्व परेको छ। वाग्मती सफाइ महाअभियानको ४५९औँ हप्तामा पशुपति क्षेत्रमा सफाइ गरि महाशिवरात्रिका लागि तयारी गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए। सफाइबाट सात मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ। सफाइमा प्रदेशसभा सदस्य केशव स्थापित, पूर्वमुख्य सचिव एवं अभियानकर्मी लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती …
पुरा पढ्नुहॊस »महोत्तरीमा शंकास्पद वस्तु फेला, घट्नास्थल सिल
महोत्तरीको मट्टीहानी नगरपालिकास्थित धिरापुरमा शंकास्पद वस्तु फेला परेको छ। प्रेसर कुकरभित्र तारहरू देखिएको हुनाले बम हुनसक्ने स्थानीयको आशंका छ। नगरपालिकाको कार्यालयनजिकै फेला परेपछि अहिले उक्त ठाउँलाई सिल गरिएको छ भने नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलतर्फ गैइरहेको छ। वरपर बस्तीसमेत रहेकाले उक्त ठाउँलाई सिल गरेर अनुसन्धान अगाडि बढाइएको नगर प्रमुख हरि मण्डलले जानकारी दिए। झोलाभित्र कुकर र तारहरुसमेत देखिएको हुनाले बम नै हुन सक्ने नगरप्रमुख मण्डलको भनाइ छ। अचानक नगरपालिकानजिकै …
पुरा पढ्नुहॊस »गठबन्धन जोगाउने र राष्ट्रिय समस्या समाधान गर्ने उपाय खोजिरहेका छौँ : प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन नटुटाई राष्ट्रिय समस्याको समाधान खोज्नेतर्फ दलहरुको ध्यान केन्द्रित भएको बताएका छन्। जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृति दिवस तथा सहिद सप्ताहको सन्दर्भ पारेर नेपाल दलित मुक्ति मोर्चाले आज आयोजना गरेको कार्यक्रममा उनले आफूहरु गठबन्धनलाई जोगाउने र एमसीसी समस्या समाधान गर्ने उपायको खोजीमा लागिरहेको बताए। विधानलाई कुल्चेर जनप्रतिनिधिमूलक संस्था विघटन गर्ने कदमलाई प्रतिगमन ठहर गर्दै पाँच राजनीतिक दल मिलेर नयाँ गठबन्धन …
पुरा पढ्नुहॊस »हामीले सहिदको योगदानलाई भुल्नु हुँदैन : वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सहिदको योगदानलाई भुल्न नहुनेमा जोड दिएका छन्। तनहुँको व्यास नगरपालिका–१ भादगाउँमा निर्माण गरिएको सहिद विक्रम परियारको अर्धकदको शालिक आज अनावरण गर्दै उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएकाले सहिदलाई सदैव सम्मान गर्नुपर्ने बताएका हुन्। स्व. विक्रम परियारको योगदानलाई चीरस्थायी बनाउनु पर्नेमा जोड दिँदै नेता पौडेलले भने, “सहिदको परिवारलाई कांग्रेसले सधैं सम्मान गर्छ।” फरक प्रसङ्गमा विगतमा सबै कम्युनिष्ट नेता एमसीसीका पक्षमा भए पनि अहिले चीनको …
पुरा पढ्नुहॊस »