एमसीसी अनुमोदन गर्ने निर्णयमा ५ माओवादी नेताकाे असहमति

काठमाडाैँ । एमसीसी अनुमोदन गर्ने पार्टीकाे निर्णयप्रति माओवादी केन्द्रका ५ नेताहरूले असहमति जनाएका छन् । नेताहरू नारायणकाजी श्रेष्ठ, देव गुरुङ, गिरिराजमणी पाेखरेल, लीलामणी पाेखरेल र कृष्णबहादुर महराले असहमति जनाएका हुन् ।

यद्यपि उनीहरूले लिखित असहमति भने जनाएका छैनन् । केन्द्रीय कार्यालयकाे विस्तारित बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्याख्यात्मक टिप्पणीसहित एमसीसीमा कांग्रेसलाई साथ दिनुपर्ने प्रस्ताव ल्याएपछि ५ नेताहरूले माैखिक असहमति जनाएका हुन् । नेता गिरिराजमणि पाेखरेलले भने- ‘हाम्राे माग भनेकाे पार्टी आफ्नाे पूर्वअडानबाट पछाडि हट्नुहुन्न भन्ने हाे । यसमा हामीले नेतृत्वकाे ध्यानाकर्षण गराएका छाैँ ।’

बैठकमा अध्यक्ष प्रचण्डले व्याख्यात्मक टिप्पणीकाे ड्राफ्ट् बाँडेका थिए । त्यसमाथि छलफल मात्रै भएकाे नेता पाेखरेलले बताए । त्यसमा सहमति बनिनसकेकाे उनकाे भनाइ छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विपदबाट बढी प्रभावित पालिकालाइ संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस

काठमाडौं । विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले बाढी–पहिरोबाट बढी प्रभावित स्थानीय पालिकाहरूलाई संकटग्रस्त …

प्रतिकृया दिनुहॊस