Tag Archives: mainnews

बालकोटमा देउवा-ओली भेटघाट

प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भएको छ । शुक्रबार साँझ ओलीलाई भेट्न देउवासहितका कांग्रेस नेताहरु बालकोट पुगेका थिए । कांग्रेस सभापतिसमेत रहेका देउवा पार्टी उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र पार्टी नेता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई साथमा लिएर बालकोट पुगेका थिए। सत्ता सहयात्रीहरु नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीसँग दिनभर जसो छलफल गरेका प्रधानमन्त्री देउवा पार्टीको आन्तरिक छलफल …

पुरा पढ्नुहॊस »

२७५ काेराेना संक्रमित थपिए, ५५५ जना निको भए

नेपालमा पछिल्लो २४ घण्टामा २७५ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्‍या मन्त्रालयका अनुसार ८ हजार ६२८ जनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा २७५ जनामा कोरोना पुष्टि भएको हो। यस्तै पछिल्लो २४ घण्टामा ५५५ जनाले संक्रमण जितेका छन्। सोही अवधिमा नेपालमा थप एक संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको कूल संख्या ११ हजार ९३२ पुगेको छ। मन्त्रालयका अनुसार हाल देशभर ९ हजार २८० जना सक्रिय संक्रमित …

पुरा पढ्नुहॊस »

विश्व बैंकले नेपाललाई २ अर्ब १४ कराेड ऋण दिने

नेपाल र विश्व बैंकबीच आज एक सम्झौतापत्रमा हस्तक्षार भएको छ। सम्झौता अनुसार विश्व बैंकले कोरोना महामारी नियन्त्रण गर्न नेपाललाई १ करोड ८० लाख अमेरिकी डलर (२.१४ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण उपलब्ध गराउने छ। अर्थ मन्त्रालयमा शुक्रबार आयोजित एक कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो। सम्झौतामा पत्रमा नेपालका तर्फबाट अर्थसचिव मधुकुमार मरासिनी र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका कन्ट्री डिरेक्टर फारिस हाड्याड–जेरभोसले हस्ताक्षर गरेका थिए। उक्त सहयोग …

पुरा पढ्नुहॊस »

गठबन्धन बचाउन अन्तिमसम्म कोसिस गर्ने माओवादी केन्द्रको निर्णय

सत्तारुढ माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित छलफल सकिएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सचिवालय बैठकले गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने समझदारी गरेको प्रचण्डको निजी सचिवालयले जनाएको छ। बैठक प्रचण्ड निवास खुमलटारमा बसेको थियो। बैठकमा केन्द्रीय कार्यालयका साथै पूर्वस्थायी समिति सदस्य तथा मन्त्रीहरूको पनि उपस्थिती थियो। बैठकले एमसीसीबारे पार्टीको पूर्ववत् सैद्धान्तिक धारणामा रही गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने समझदारी भएको प्रचण्डकी छोरी गंगा दाहालले जानकारी दिइन्। बैठकमा माओवादी …

पुरा पढ्नुहॊस »

प्रतिनिधिसभाको बैठक आइतबारका लागि सर्‍यो

शुक्रबारका लागि बोलाएको प्रतिनिधिसभाको बैठक आइतबार बस्ने गरि सारिएको छ। सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्र बडूले सभामुख अग्निप्रसाद सापकोटाको कार्यालयमा गएर बैठक सार्न आग्रह गरेपछि संसद् बैठक आइतबारसम्म स्थगित गरिएको हो। कानुनमन्त्री दिलेन्द्र बडूको आग्रहमा आज बस्ने भनिएको बैठक आइतबार दिउँसो १ बजे बस्ने गरि सारिएको छ,’ सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए। बिहीबारका लागि बोलाइएको बैठक पनि सूचना टाँसेर शुक्रबारका लागि सारिएको थियाे।

पुरा पढ्नुहॊस »

गठबन्धनको भविष्य कांग्रेसको हातमा : माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गठबन्धनको भविष्य कांग्रेसको हातमा रहेको बताएका छन् । कैलालीको धनगढीमा बिहान आयोजित पत्रकार भेटघाटमा नेता नेपालले गठबन्धन कायम राख्ने/नराख्ने कांग्रेसले सोच्ने कुरा भएको बताएका हुन् । अध्यक्ष नेपालले एमसीसिमा रहेका आपत्तिजनक प्रावधानहरु सच्याउनुपर्ने आफूहरुको अडान रहेकोले यथास्थितिमा अनुमोदन गर्न नसकिने दोहोर्‍याए । ‘अमेरिकी धम्कीले थप आशंका जन्मायो,’ उनले भने, ‘अनुदानमा धम्की हुन सक्दैन र अनुदानको नाममा बन्दी बन्न सकिन्न ।’ असंलग्न परराष्ट्र …

पुरा पढ्नुहॊस »

संसद् बैठकअघि कांग्रेस र एमालेबीच वार्ता, जुट्ला सहमति ?

काठमाडौँ । संसद्‌मा एमसीसी टेबल भएपछि अघि बढाउनेबारे नेपाली कांग्रेस र नेकपा एमालेबीच छलफल हुने भएको छ । एमसीसी अनुमोदनको कोसिसमा रहेका प्रधान मन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि प्रतिनिधि सभाको बैठक बस्नुअघि छलफल हुने भएको हो । दुई पक्षबीच छलफलको तयारी भइरहेको नेकपा एमालेका स्थायी कमिटीका सदस्य शेरबहादुर तामाङले जानकारी दिए । ‘समय र स्थान अहिले तय भइनसकेको छैन,ड उनले भने, हिजो राति भएको …

पुरा पढ्नुहॊस »

नेपाल-भारत ऊर्जा बैठक : वर्षायाममा खेर जाने विद्युत् भारत निर्यात हुने

काठमाडौं । वर्षायाममा खेर जाने विद्युत् निर्यातमा भारतले सहमति जनाएको छ । नेपालले लामो समयदेखि खेर जाने विद्युत् निर्यात गर्न प्रस्ताव गर्दै आए पनि भारतले बेवास्ता गर्दै आएको थियो । बिहीवार काठमाडौंमा सम्पन्न नेपाल-भारत ऊर्जा सचिवस्तरीय बैठकमा नेपालले राखेको विद्युत् निर्यात प्रस्तावमा भारत सहमत भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतले बताए । नेपाल विद्युत् प्राधिकरणबाट बिजुली निर्यात गर्न पेश गरिएका आवेदनहरूलाई आउँदो वर्षायाम अगाडि नै भारतले स्वीकृति …

पुरा पढ्नुहॊस »

संसद्‌ बैठक आज, एमसीसीमाथि छलफल हुने कार्यसूची

काठमाडाैँ । प्रतिनिधि सभाको बैठक बस्दैछ । हिजै बस्न लागेको संसद् बैठक प्रधान मन्त्री शेरबहादुर देउवाको आग्रहमा सभामुख अग्नि सापकोटाले स्थगन गरेका थिए । त्यसपछि प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको हो । बैठकमा प्रस्तावमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने सम्भावित कार्यसूची तय भएको छ । संसद् सचिवालयले प्रकाशित गरेको सम्भावित कार्यसूचीमा एमसीसीमाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव पेस हुने उल्लेख छ । त्यसलगत्तै एमसीसीमाथि छलफल शुरु …

पुरा पढ्नुहॊस »

एमसीसीकै कारण गठबन्धन फुट्न सक्छ : गगन थापा

कांग्रेस महामन्त्री गगन थापाले एमसीसीका कारण सत्तारुढ गठबन्धन धरापमा परेको र जुनसुकै बेला फुट्न सक्ने बताएका छन्। नयाँ बानेश्वरस्थित संसद भवनमा प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलका अध्यक्ष केपी ओलीको कार्यकक्षमा बिहीबार कांग्रेस र एमालेका शीर्ष नेताहरूबीचको भेटवार्तापछि महामन्त्री थापाले एमसीसी सदनबाट अनुमोदन गर्ने विषयले गठबन्धन धरापमा परेको बताएका हुन्। सो छलफलमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस महामन्त्री गगनकुमार थापा, एमाले संसदीय …

पुरा पढ्नुहॊस »