महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्रमा सफाइ

महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्रको वाग्मती किनार एवं सम्पदा क्षेत्रमा सफाइ गरिएको छ। पशुपति क्षेत्रको आर्यघाट, वाग्मती किनार एव हंसमण्डप वरपर सफाइ गरिएको हो।

फागुन १७ गते महाशिवरात्रि पर्व परेको छ। वाग्मती सफाइ महाअभियानको ४५९औँ हप्तामा पशुपति क्षेत्रमा सफाइ गरि महाशिवरात्रिका लागि तयारी गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए। सफाइबाट सात मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ।

सफाइमा प्रदेशसभा सदस्य केशव स्थापित, पूर्वमुख्य सचिव एवं अभियानकर्मी लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्ववप्रसाद तिमिल्सिना, नायिका करिश्मा केसी मानन्धर, स्थानीय तहका जनप्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, काठमाडौँ महानगरपालिका वातावरण विभागका कर्मचारी, पशुपति क्षेत्र विकास कोषका कर्मचारी, अधिकार सम्पन्न वाग्मती समितिका कर्मचारी र वागमती सफाइ अभियानकर्मीको सक्रियता थियो ।

गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा सफाइ
यसैगरी महाशिवरात्रिको तयारीकै लागि गोकर्णेश्वर महादेव मन्दिरलाई केन्द्रित गरेर सफाई गरिएको छ। गोकर्णेरश्वर महादेव मन्दिरमा पनि महाशिवरात्रि लगायत पर्वमा भक्तजनको भीड लाग्ने भएकाले तीर्थयात्रीको सुविधाका लागि सफाइ गरिएको अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिए।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस