नेपालमा पछिल्लो २४ घण्टामा थप १८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ८ हजार ३४१ परीक्षणमा १८० जनामा कोरोना संक्रमण पुष्टि भएको हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार संक्रमणबाट एक जनाको ज्यान गएको छ। यस्तै, ४०० जना कोभिडमुक्त भएका छन् । मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा एक लाख ४१ हजार एक सय २१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । ८ हजार २३५ जना सक्रिय संक्रमित …
पुरा पढ्नुहॊस »४३.१० अंकले घट्याे नेप्से
सोमबार नेप्से परिसूचकमा गिरावट आएको छ। आइतबार ७.७३ अंकले घटेको नेप्से परिसूचक सोमबार ४३.१० अंकले घटेर २ हजार ६१०.६० बिन्दुमा झरेको छ। त्यस्तै सेन्सेटिभ इण्डेक्स ६.६४ अंक, फ्लोट इण्डेक्स २.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१४ अंकले घटेको छ। सोमबार कारोबारमा आएका २२७ कम्पनीको ७८ लाख ३४ हजार ९१५ कित्ता शेयर ३ अर्ब ६६ करोड १ लाख ८९ हजार ८६८ रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। आइतबार ३ अर्ब २७ करोड …
पुरा पढ्नुहॊस »एमसीसी अनुमोदनसँगै स्थानीय चुनाव निश्चित : प्रचण्ड
सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब स्थानीय तहको निर्वाचन निश्चित भएको बताएका छन्। आइतबार प्रतिनिधिसभाले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन भएसँगै स्थानीय तहको निर्वाचन सुनिश्चित भएको उनको भनाइ छ। एमसीसीबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा एमसीसी पास हुने कि नहुने भन्ने अन्योलताले स्थानीय तहको निर्वाचन अनिश्चित बनेको उनको भनाइ थियो। सरकारले आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने मिति तोकिसकेको छ। सत्तारुढ गठबन्धनमै एमसीसी …
पुरा पढ्नुहॊस »कांग्रेसको ६ जिल्लामा आज अधिवेशन जारी
नेपाली कांग्रेसको जिल्ला अधिवेशन अन्तर्गत सोमबार ६ जिल्लामा अधिवेशन भइरहेको छ। अधिवेशन अन्तर्गत सोमबार मतदान भइरहेको हो। क्रियाशील सदस्यता विवादका कारण रोकिएका पर्सा, महोत्तरी, सिन्धुली, सिन्धुपाल्चोक, कैलाली र मकवानपुरको अधिवेशन भइरहेको हो। पार्टीले दिएको निर्देशन अनुसार सोमबार सो जिल्लामा अधिवेशन भइरहेको पार्टी केन्द्रीय कार्यालयका सूचना अधिकारी तथा प्रवक्ता केशव रिजालले जानकारी दिए। निर्वाचन कार्यतालिका अनुसार आइतबार मनोनयन दर्ता, दाबी बिरोध तथा उम्मेद्वारको अन्तिम नामावाली प्रकाशन गरिएको थियो भने सोमबार मतदान …
पुरा पढ्नुहॊस »नयाँ बानेश्वरमा राखिएकाे बम सेनाको डिस्पोजल टोलीद्वारा निष्क्रिय
नयाँ बानेश्वरमा राखिएकाे बम सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारिरहेकाे छ। संसद् भवन नजिकै शङ्कास्पद वस्तु भेटिएपछि यो सडक खण्डमा गाडी चलाउन रोक लगाइनुका साथै सर्वसाधारणलाई प्रवेशमा राेक लगाइएकाे छ । प्रहरीका अनुसार अहिले नयाँ बानेश्वरदेखि तीनकुनेसम्मको सडकलाई खाली गराइएको छ। यस रुटमा चल्ने गाडीलाई नयाँ बानेश्वर र तीनकुनेबाट डाइभर्सन गरिएको छ। संसद् भवन अगाडि सडकको बीच भागमा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको थियाे।
पुरा पढ्नुहॊस »बनेपाको शंकास्पद वस्तु : रित्तो कुकर, दुई जना पक्राउ
काठमाडौँ । काभ्रेको बनेपामा भेटिएका शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । बनेपा नगरपालिका-९ स्थित पुलबजारको सडकमा शंकास्पद वस्तु भेटिएको थियो । ‘नो एमसीसी’ लेखिएको उक्त प्रेसर कुकरलाई सेनाको विशेष टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी चक्रराज जोशीले जानकारी दिए । ‘नो एमसीसी’ र तार जोडेर खतरा लेखिएको वस्तु बिहानै फेला परेको थियो,’ उनले भने, प्रेसर कुकर डिस्पोज गर्दा कुकर खाली रहेको भेटियो ।’ …
पुरा पढ्नुहॊस »एमसीसी विरोधीको नेपाल बन्द प्रभावहीन : प्रहरी
काठमाडौँ । एमसीसी सम्झौता आइतबार संसद्बाट पास गरिएको विरोधमा आह्वान गरिएको नेपाल बन्दको प्रभाव सामान्य देखिएको छ । राजधानीका मुख्य राजमार्ग तथा सडकहरूमा बिहानैदेखि सवारीसाधनको चहलपहल बाक्लो देखिएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले विद्यालयमा आंशिक प्रभाव परेको भएपनि बजार तथा पसल अरू दिनजस्तै खुलेका छन् । ‘म आफै काठमाडौँका विभिन्न स्थानमा पुगेर भर्खरै फर्किएको छु,’ उनले भने, ‘बन्द प्रभावहीन छ, बन्दकर्ता देखिएका छैनन् । हामीले …
पुरा पढ्नुहॊस »अमेरिकाले गर्यो संसद्बाट एमसीसी अनुमोदनको स्वागत
काठमाडौँ । अमेरिकाले एमसीसी सम्झौता अनुमोदनको स्वागत गरेको छ । संसद्बाट ५० करोड अमेरिकी डलरको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को नेपाल कम्प्याक्ट अनुमोदनलाई अमेरिकाले स्वागत गरेको हो । आइतबार अनुमोदन भएको केही घण्टामै काठमाडौंस्थित अमेरिकी राजदूतावासले विज्ञप्ति जारी गर्दै अब नेपाली जनतामा थप रोजगारी सिर्जना हुने, विद्युत् सेवाको आपूर्ति बढ्ने र ढुवानी खर्च घट्ने जनाएको छ । ‘एमसीसी कम्प्याक्टलाई अनुमोदन गर्ने या नगर्ने भन्ने निणर्य सार्वभौम लोकतान्त्रिक राष्ट्रका रूपमा सधैँ नेपाल …
पुरा पढ्नुहॊस »बाहिरियो पश्चिमी वायु, कस्तो रहला आजको मौसम ?
काठमाडौँ । अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुबाट विकसित पश्चिमी न्यून चापीय प्रणाली (वर्षा/हिमपात गराउने मौसमी प्रणाली) नेपालबाट बाहिरिएको मौसमविद्ले जानकारी दिएका छन् । आइतबार साँझसम्म नेपालमा यसको सामान्य प्रभाव परिरहेको थियो । अहिले पहाडी भू-भागमा आंशिक बदली छ । अरू भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । अरू भू-भागमा मौसम …
पुरा पढ्नुहॊस »संसदबाट एमसीसी सम्झौता अनुमोदन
प्रतिनिधि सभाबाट एमसीसी सम्झौता अनुमोदन भएको छ । सम्झौतालाई सभामुख अग्निप्रसाद सापकोटाले ध्वनी मतका साथ पास गरेका हुन् । यसका साथै व्याख्यात्मक प्रस्ताव अनुमोदन भएको उनले घोषणा गरे । अर्काे बैठक फागुन १८ गते बस्नेछ ।
पुरा पढ्नुहॊस »