युक्रेन छाड्दै नेपाली : सय बढी पोल्याण्ड सीमामा, केहि स्लोभाकिया, हङ्गेरी र रोमानिया प्रवेश

काठमाडौं । युक्रेनबाट नेपालीको धमाधम उद्धार चलिरहेको छ । जर्मनीस्थित नेपाली दूतावासका अनुसार २२५ जना नेपाली निरन्तर सम्पर्कमा छन् । उनीहरुमध्ये एक सय नेपाली पोल्याण्ड सीमामा पुगेका छन् ।

१५ जना भने पोल्यान्ड पुगिसकेका दूतावासले विज्ञप्ति निकालेर जानकारी दिएको छ । त्यस्तै २३ जना स्लोभाकियाको सीमा क्षेत्रमा आइपुगेका छन् भने तीन जना स्लोभाकिया पुगिसकेका छन् । त्यस्तै हङ्गेरीमा दुई जना, रोमानियामा एक जना र दुई जना रोमानिया पुग्न बाटोमा छन् ।

भोकभोकै सीमा क्षेत्रमा पुगेको त्यहाँ रहेका नेपालीको गुनासो छ । युक्रेनबाट नयाँ देश पुग्ने बित्तिकै सम्पर्क टुट्ने भएकाले स्लोभाकिया, पोल्याण्ड, रोमानियालगायतका देशमा पुगेका नेपालीलाई सहयोग जुटाउन भने समस्या परेको छ ।

जर्मनीमा रहेको नेपाली दूतावासले युक्रेन र वरिपरिका देशहरूमा रहेका नेपाली समुदाय तथा गैरनेपाली सङ्घसंस्थाहरू परिचालन गरेर सक्दो सहयोग गर्ने प्रयास भइरहेको समेत जनाएको छ । जर्मनीमा रहेको दूतावासले कागजात नभएका नेपालीलाई ट्राभल डकुमेन्ट बनाएर पठाउने गरेको छ ।

हेर्नुस् विज्ञप्ति :-

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस